ख्वप बहुप्राविधिक अध्ययन संस्थानद्वारा नर्सिङ दिवस मनाइयो

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २८ वैशाख । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानको आयोजनामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा अन्तर्राष्ट्रिय नर्सिङ दिवस (२०२५ मे १२) कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रमुख प्रजापतिले नर्सहरुको मूल्यांकन उनीहरुले बिरामीहरुप्रति गरिने व्यवहारमा गरिने बताए । नर्सिङ पेशामा सिान्त र व्यवहारमा एकरुपता कायम भएन भने सफल हुन नसक्ने बताउँदै उनले संकटको समयमा मानिसको मूल्यांकन हुने हुँदा संकटमा खटिनेहरुकै सच्चा मूल्यांकन हुने बताए । नर्सहरुलाई जनताको सेवा र हितको लागि सरल, नम्र व्यवहारले काममा लाग्न प्रेरित गर्दै प्रमुख प्रजापतिले नर्सिङ पेशा सामाजिक सेवासँग जोडिएको पेशा हो उनले भने।

कार्यक्रममा कलेज व्यवस्थापन समितिका सदस्य एवम् भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले दिवस मनाउनुको उद्देश्यमाथि प्रष्ट पार्दै चिकित्सक तथा नर्सहरुले आफ्नो सामाजिक दायित्व र नैतिकताको ख्याल गरी आफ्नो कर्तव्य पूरा गर्नुपर्ने बताए । जस्तोसुकै परिस्थितिमा जनताको सेवा गर्ने भावनाले आफ्नो पेशाको पनि सम्मान हुने बताउँदै उहाँले आफ्नो जिम्मेवारीबोधलाई कहिल्यै पनि बिर्सन नहुने बताउँछन् ।

सोही क्रममा अतिथि ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले प्रत्येक वर्ष करिब १ हजार नर्सहरु विदेशिने गरेको बताउँदै युवाहरु बाध्यता भन्दा पनि रहरले भन्दा पनि रोजगारी र देखासिकीको लागि विदेश जाने प्रचलन बढिरहेको बताए । नर्सिङ पेशामा आबद्धहरुले आफ्नो पेशाप्रति इमानदार र नयाँ प्रविधिहरुको समयअनुसारको प्रयोग गर्न जान्नुपर्ने कुरा ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवाले राखे । कार्यक्रममा नर्सिङ विभागका विभागीय प्रमुख इश्वरी डंगोलले स्वागत मन्तव्य राख्नुभएको थियो भने नर्सिङ तेस्रो वर्षका उपप्राध्यापक कृष्णशोभा प्रजापतिले नर्सिङ दिवससम्बन्धी प्रस्तुतीकरण दिएका थिए भने नर्सिङ दोस्रो वर्षका विद्यार्थीहरुले नर्सिङ दिवस सम्बन्धी तयार पारेका कविताहरु पनि वाचन गरेका थिए ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...