हेरिटेज नेपाल न्यूज

भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई सञ्चालनमा

Date:

Share post:

काठमाडौँ, २८ बैशाख । भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सर बिरामी बालबालिकाको विशेष उपचारका लागि बाल चिकित्सा सघन एकाई स्थापना गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आइतबार एकाइ उद्घाटन गरे । यसअघि बाल क्यान्सर उपचार निःशुल्क कार्यान्वयन गर्ने निर्णय गरेका मन्त्री पौडेलले अस्पतालमा उनीहरुका लागि बेग्लै आइसीयु वार्ड स्थापना गर्न भनेका थिए । सोही अनुसार वैशाख महिनाभित्र वार्ड सञ्चालनमा ल्याउने गरी अस्पतालले थालेको तयारी पूरा भए पछि सेवा शुरु भएको हो ।

सेवा शुरुवात गर्दै मन्त्री पौडेलले भक्तपुर क्यान्सर अस्पताललाई उपचारमा नमूना बनाउँदै विदेश उपचारका लागि जाने संख्या घटाइने लक्ष्य राखिएको बताए । ‘अहिले पनि भारतमा विभिन्न उपचारका लागि जानेको संख्या उच्च छ,’ मन्त्री पौडेलले भने, ‘अस्पतालमा थप सुविधा बढाएर बिरामीले स्वदेशमै सुपथ उपचार पाउने वातावरण तयार पारिनेछ ।’ मन्त्री पौडेलले बाल क्यान्सर उपचार निःशुल्क गराउँदा राज्यलाई थप भार नपर्ने गरी आन्तरिक श्रोतबाटै व्यवस्थापन गरिएको भन्दै सकेसम्म थप दायित्व नपर्ने गरी विभिन्न किसिमका उपचार सेवा सुधार तथा विस्तार भैरहेको बताए ।
‘हामीसँग आर्थिक अभाव भएको कुरा सत्य हो,’ उनले भने, ‘यसलाई मध्यनजर गर्दै अधिकतम श्रोतको उपयोग गरेर नागरिकलाई सुविधा प्रदान गरेका छौं ।’ थपिएको एकाइमा बालबालिकाको आइसीयुका ४, डे केयरका ४ तथा साधारण ७ शैय्या रहने निमित्त कार्यकारी निर्देशक डा. उज्वल चालिसेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Nepal Oil Neegam

सम्बन्धित लेखहरू

जेन-जी आन्दोलनको क्रममा भदौ २४ जलाइएको प्रहरी वृत्त बानेश्वरको सेवा पुन:सुरू

काठमाडौं, २९ मंसिर । प्रहरी वृत्त नयाँ बानेश्वरले तीनकुनेमा रहेको आफ्नै कार्यालयबाट सेवा सुरु गरेको छ । भदौ...

राष्ट्रिय परिचय पत्र विभागका दुई जना कर्मचारी पक्राउ

काठमाडौं, २९ मंसिर । विभागका दुई जना कर्मचारीलाई पक्राउ गरेकोपरिपत् छ। सिंहदरबारस्थित विभागमा कार्यरत विवरण दर्ता अपरेटरको युजर आइडी...

कारागारबाट फरार भई चोरीमा संलग्नको आरोपमा पक्राउ

काठमाडौं, २८ मंसिर । जिल्ला प्रहरी परिसर काठमाडौँले चोरीको १० लाख २३ हजार ५०० नगदसहित एक जनालाई पक्राउ...

स्रष्टालाई बालवाङ्मय सम्मान

काठमाडौं, २७ मंसिर । बालवाङ्मय तथा अनुसन्धान केन्द्रले आफ्नो १३औं स्थापना दिवसका अवसरमा कला क्षेत्रमा सिर्जनाका माध्यमबाट योगदान...