एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान प्रस्थान गरेका छन् । नगर प्रमुख श्रेष्ठसँगै उपप्रमुख विजयकृष्ण श्रेष्ठ र सामाजिक विकास महाशाखा प्रमुख ज्ञानेन्द्र भट्ट पनि जापान गएका छन् ।
उनीहरूलाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, नगर प्रवक्ता कृष्णहरि आचार्यलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका छन् ।जापानको फुकुओका सहरमा अक्टोबर १९ देखि २१ (कात्तिक २ देखि ४) सम्म आयोजना हुने १५औँ एसिया प्यासिफिक सिटी समिटमा उनीहरू सहभागी हुनेछन् ।

फुकुओका सहर र संयुक्त राष्ट्रसंघीय मानव बस्ती कार्यक्रम (यूएन–ह्याबिट्याट) को एसिया तथा प्रशान्त क्षेत्रीय कार्यालयको आयोजनामा हुने सम्मेलनको सहआयोजक संयुक्त राष्ट्रसंघीय क्षेत्रीय विकास केन्द्र (यूएनसीआरडी) रहेको छ । सम्मेलनमा करिब ५०० जनाको सहभागिता रहने आयोजकले जनाएको छ ।
‘सहकार्य र सहसिर्जनामार्फत दिगो सहर निर्माण’ मूल विषय रहेको सम्मेलनमा एसिया-प्रशान्त क्षेत्रका विभिन्न सहरका प्रतिनिधि, अन्तर्राष्ट्रिय संस्था तथा निजी क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन् । सम्मेलनमा दिगो सहरी विकास, सहरी पूर्वाधार, सार्वजनिक-निजी साझेदारी, सुरक्षित तथा विपद् उत्थानशील सहर निर्माण र बदलिँदो जनसांख्यिक अवस्थाअनुकूल सहर विकासका विषयमा छलफल हुनेछ ।

साथै, सहरहरूले सामना गरिरहेका साझा चुनौती र तिनको समाधानका उपायबारे अनुभव आदानप्रदान गरिनेछ । तीन दिनसम्म चल्ने सम्मेलनमा नेपालसहित जापान, दक्षिण कोरिया, सिंगापुर, मलेसिया, इन्डोनेसिया, थाइल्यान्ड, भियतनाम, कम्बोडिया, पाकिस्तान र फिलिपिन्सलगायत देशका सहरका प्रमुख तथा प्रतिनिधिहरू सहभागी हुनेछन् ।
अन्तर्राष्ट्रिय सम्मेलनमा मध्यपुर थिमिको सहभागिताले नगरको मौलिक कला, संस्कृति, ऐतिहासिक सम्पदा तथा स्थानीय विकासका अभ्यासलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, अन्य सहरका अनुभवबाट सिक्दै नगरको दिगो विकास, सम्पदा संरक्षण र अन्तर्राष्ट्रिय सहकार्यका सम्भावना विस्तार गर्नसमेत अवसर मिल्ने विश्वास गरिएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...

कोरिया मैत्री नगर अस्पतालमा १५ शैयाको मोडुलर आइसियु सेवा सुुरू

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा १५ शैयाको अत्याधुनिक सघन उपचार...