फार्म हाउसको आवरणमा लागुऔषध कारोबार, १३ जना पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०३ असार । काठमाडौं,  टोखा र चन्द्रागिरी नगरपालिका क्षेत्रमा फार्महाउस सञ्चालन गर्दै आएका १३ जना लागूऔषधसहित पक्राउ परेका छन । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा नुवाकोट किस्पाङ गाउँपालिका-२ का २२ वर्षीय निमा तामाङ, २३ वर्षीय बिक्रम लामा, रूपन्देही बुटवल उपमहानगरपालिका-७ का २९ वर्षीय सागर बुढाथोकी, भक्तपुर मध्यपुर थिमि नगरपालिका-४ का ४५ वर्षीय उद्धव श्रेष्ठ, भक्तपुर चाँगुनारायण नगरपालिका-७ का २७ वर्षीय विकास काफ्ले, सिन्धुली फिक्कल गाउँपालिका-४ की ३२ वर्षीया माया विशङ्खे, कालिकोट पलता गाउँपालिका-३ का २६ वर्षीय खड्क रोकया, २७ वर्षीया कमला थामी, बाजुरा स्वामिकार्तिक खापर गाउँपालिका-१ की २९ वर्षीया मेनुका थामी, बारा जीतपुर सिमरा उपमहानगरपालिका-७ का ३४ वर्षीय प्रदिप भन्ने सञ्जय साह सोनार, पर्सा बहुदरमाई नगरपालिका-९ का ३६ वर्षीय प्रमोद प्रसाद कलवार छन् । त्यसैगरी काठमाडौं महानगरपालिका-१६ की ४० वर्षीया मोनिका श्रेष्ठ र काठमाडौं महानगरपालिका-७ की २९ वर्षीया सुशिला महर्जन रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले नियन्त्रित लागुऔषध ट्रामाडोल २ लाख ९ हजार ट्याब्लेट, बुप्रेनोर्फिन, डाईजेपाम र फेनारगन गरी जम्मा २ हजार ४ सय एम्पुल, नगद ७ लाख ८७ हजार ५ सय रूपैयाँ र मोबाइल २८ थान बरामद गरिएको छ । उनीहरूले भारतबाट लागुऔषध खरिद गरी आफ्नो फार्महाउस भित्रको जमिनमा खाडल खनि लुकाई बजारमा बिक्री गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको काठमाडौं प्रहरी प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिएका छन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

राष्ट्रिय सूचना आयोगमा प्रमुखसहित सूचना आयुक्तका लागि आवेदन आह्वान

काठमाडौं, २२ साउन । राष्ट्रिय सूचना आयोगमा रिक्त रहेका पदाधिकारीहरूको नियुक्ति प्रक्रिया अघि बढेको छ । पदाधिकारी नियुक्ति...

मिडिया काउन्सिल विधेयक-२०८३ को मस्यौदामाथि छलफल सुुरु

काठमाडौं, २२ साउन । सूचना तथा सञ्चार मन्त्रालयले मिडिया काउन्सिल विधेयक-२०८३ को मस्यौदामाथि सरोकारवालाहरूसँग छलफल सुरु गरेको छ...

महाङ्काल मन्दिर परिसरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न

काठमाडौं, २२ साउन । महाङ्काल मन्दिर परिसरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न भएको छ । काठमाडौं महानगरपालिकाको सम्पदा तथा...

ग्वार्को फ्लाईओभरको भित्तामा ठोक्किएर बस दुर्घटना, एकको मृत्यु १८ जना घाइते

ललितपुर, २१ साउन । ललितपुर महानगरपालिका-१७ ग्वार्को चोकस्थित सडकखण्डमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने,१८...