सरकारी भवनभित्र संचालित गैरसरकारी संस्था ७ दिनभित्र हटाउन निर्देशन

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०२ असार । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारी भवन तथा संरचनाभित्र सञ्चालनमा रहेका गैरसरकारी प्रकृतिका संघ/संस्थालाई ७ दिनभित्र हट्न निर्देशन दिएको छ। सोमबार कार्यालयले सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो।

जिल्ला प्रशासन कार्यालयका अनुसार संस्था दर्ता ऐन, २०३४ बमोजिम यस कार्यालयमा दर्ता भएका काठमाडौं जिल्लाभित्रका विभिन्न गैरसरकारी प्रकृतिका प्राविधिक वा पेशागत संघ, संगठन, संस्थाहरूले सरकारी तथा सार्वजनिक निकायका भवन वा संरचनाभित्र कार्यालय सञ्चालन गरिरहेको पाइएको छ। प्रशासनले यस्ता संघ/संस्थालाई ७ दिनभित्र सरकारी भवनबाट हटेर अन्य निजी वा भाडाको भवनमा स्थानान्तरण गर्न र सोको जानकारी जिल्ला प्रशासन कार्यालयलाई दिन निर्देशन दिएको हो ।

त्यसैगरी, सम्पूर्ण सरकारी कार्यालय तथा सार्वजनिक निकायलाई पनि यस्ता संघ/संस्थाका बोर्ड, साइनबोर्ड वा संरचना आफ्ना कार्यालय हाताभित्रबाट हटाई सम्बन्धित संस्थालाई खाली गराउन भनिएको छ। सूचनाको अवज्ञा गरी सरकारी कार्यालय वा संरचनाभित्र यस्ता संस्थाका कार्यालय सञ्चालन गरिराखेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

राष्ट्रिय सूचना आयोगमा प्रमुखसहित सूचना आयुक्तका लागि आवेदन आह्वान

काठमाडौं, २२ साउन । राष्ट्रिय सूचना आयोगमा रिक्त रहेका पदाधिकारीहरूको नियुक्ति प्रक्रिया अघि बढेको छ । पदाधिकारी नियुक्ति...

मिडिया काउन्सिल विधेयक-२०८३ को मस्यौदामाथि छलफल सुुरु

काठमाडौं, २२ साउन । सूचना तथा सञ्चार मन्त्रालयले मिडिया काउन्सिल विधेयक-२०८३ को मस्यौदामाथि सरोकारवालाहरूसँग छलफल सुरु गरेको छ...

महाङ्काल मन्दिर परिसरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न

काठमाडौं, २२ साउन । महाङ्काल मन्दिर परिसरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न भएको छ । काठमाडौं महानगरपालिकाको सम्पदा तथा...

ग्वार्को फ्लाईओभरको भित्तामा ठोक्किएर बस दुर्घटना, एकको मृत्यु १८ जना घाइते

ललितपुर, २१ साउन । ललितपुर महानगरपालिका-१७ ग्वार्को चोकस्थित सडकखण्डमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने,१८...