बागमती प्रदेश सकारले ल्यायो ६६ अर्ब ९३ करोड ३३ लाख बजेट

Date:

Share post:

Changunarayan Nagarpalika

मकवानपुर, ०१ असार । बागमती प्रदेश सकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको कुल बजेट पेस गरिएको छ।सोमबार प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङ ​प्रस्तावित कुल विनियोजित बजेटमध्ये चालुतर्फ २२ अर्ब ९६ करोड १९ लाख ३० हजार रुपैयाँ अर्थात् कुल बजेटको ३४.३१ प्रतिशत छुट्याएका हुन् । पुँजीगततर्फ कुल विनियोजन बजेटमध्ये ६५.६९ प्रतिशत अर्थात् ४३ अर्ब ९७ करोड १४ लाख ३ हजार रुपैयाँ रहेको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री तामाङले खर्च बेहोर्ने स्रोतहरूमध्ये ​कर राजस्वबाट ३० अर्ब १५ करोड ६ लाख ६८ हजार रुपैयाँ, ​अन्य राजस्वबाट ७ अर्ब ७३ करोड ९९ लाख १२ हजार रुपैयाँ, ​सङ्घीय वित्तीय हस्तान्तरणबाट १५ अर्ब ३१ करोड ४८ लाख रुपैयाँ प्राप्त हुने बताए ।

त्यस्तै, ​चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत तथा विविध प्राप्तिबाट १२ अर्ब ७६ करोड ७९ लाख ५३ हजार रुपैयाँ बेहोरिने विवरण मन्त्री तामाङले सदनमा पेस गरेका छन् । उनले बाँकी रकम अन्य संस्थाबाट ऋण लगानी फिर्ताबाट ९६ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Helio School
Helio School

सम्बन्धित लेखहरू

फार्म हाउसको आवरणमा लागुऔषध कारोबार, १३ जना पक्राउ

काठमाडौं, ०३ असार । काठमाडौं,  टोखा र चन्द्रागिरी नगरपालिका क्षेत्रमा फार्महाउस सञ्चालन गर्दै आएका १३ जना लागूऔषधसहित पक्राउ...

सूर्यविनायक-८ मा सार्वजनिक सुनुवाई: चारवर्षमा १५० करोड रुपैयाँ भन्दाबढीको काम

भक्तपुर, ०३ असार । जनताको चासो, गुनासा र सुझावलाई प्रत्यक्ष रूपमा सुनेर जनअपेक्षाअनुसार विकास, समृद्धि तथा सार्वजनिक सेवा...

यातायात कार्यालय गुर्जुधाराबाट ६ बिचौलिया पक्राउ

काठमाडौं, ०२ असोज । चन्द्रागिरी नगरपालिका-५ गुर्जुधारास्थित यातायात कार्यालयबाट ६ जना बिचौलिया पक्राउ परेका छन् । सेवाग्राहीहरूलाई अनावश्यक...

डीएभी स्कुलको चौथो तलाबाट खसेको विद्यार्थीको मृत्यु

ललितपुर, ०२ असार । ललितपुरको डीएभी स्कुलको चौथो तलाबाट खसेका एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा...