अदालतको लेटरप्याड र आधिकारिक दस्तखत किर्ते गर्ने पक्राउ

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, २९ जेठ । काठमाडौं जिल्ला अदालतको लेटरप्याड, न्यायाधीशको दस्तखत कीर्ते गरी मुद्दा खोल्ने र पुनः प्रमाणीकरणसम्बन्धी सूचना नै नक्कली बनाएको भेटिएपछि एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।गोरखाको आरुघाट गाउँपालिका-७ घरभई काठमाडौंको टोखा बस्ने २६ वर्षीय विवस अधिकारीले यसरी कीर्ते गरेको अदालतबाट प्राप्त सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले पक्राउ गरेको हो । सिआइबीका सहप्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्र खड्काले विवश अधिकारी भन्ने नामबाट २०८२ चैत १५ गते अदालतको लेटरप्याड र अधिकारीहरू मुद्दा खोल्ने तथा पुनःप्रमाणीकरणसम्बन्धी सूचना बनाइ मुद्दाको अन्तिम निर्णय भएपछि विवश अधिकारीको बैंकमा दुई करोड १३ लाख रकमान्तरण हुने विवरण बनाइ कीर्ते गरेका पाइएको बताए।  

उनले सोही साल चैत २४ गते सेवा शुल्क भुक्तानीसम्बन्धी झुठ्ठा लिखत तयार गरी विवस अधिकारीलाई अदालतबाट एक लाख छ हजार सेवा शुल्क बुझाउन आदेश दिएको भनी अदालतबाट नगरिने अस्वाभाविक व्यहोरा उल्लेख गरी कागजात तयार पारेका पाइएको प्रहरीले जनाएको छ।
यसरी कागजात तयार पार्न काठमाडौं जिल्ला अदालतको लेटरप्याड कीर्ते बनाइ न्यायाधीश, श्रेस्तेदार, शाखा अधिकृतको दस्तखत र अदालतको छापसमेत कीर्ते गरी प्रचलनमा ल्याएको पाइएको छ। उक्त कसुरमा संलग्न विवस अधिकारीलाई छानबिन गरी कानुन बमोजिम कारबाही गरी पाउँ भन्ने व्यहोराको अदालतका कर्मचारीको निवेदनका आधारमा उनलाई काठमाडौंको सतुंगलबाट पक्राउ गरिएको सहप्रवक्ता खड्काले बताए।
अनुसन्धानको क्रममा उनको डेरा कोठामा खानतलासी गर्दा कीर्ते कागजपत्रहरू फेला परेकोले काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Helio School
Helio School

सम्बन्धित लेखहरू

काभ्रेपलान्चोकको बुच्चाकोटमा यात्रुबाहक बस दुर्घटना, ७ जनाको मृत्यु

काभ्रेपलान्चोक, २९ जेठ । बीपी राजमार्ग अन्तर्गत काभ्रेपलान्चोकको बुच्चाकोटमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । दुर्घटनामा परी ७...

बागमतीका ११ जिल्लामा ब्लड बैंक रेफ्रिजेरेटर वितरण

मकवानपुर, २९ जेठ । बागमती प्रदेश सरकारले प्रदेशभर रक्तसञ्चार सेवाको गुणस्तर सुधार र सुरक्षित रगत भण्डारण क्षमतामा वृद्धि...

सूर्यविनायक-२ मा सार्वजनिक सुनुवाई सम्पन्न

भक्तपुर, २९ जेठ । जनताको चासो, गुनासो र सुझाव संकलन गरी जनअपेक्षा अनुसार विकास र समृद्धिसँगै सार्वजनिक सेवा...

वृद्धलाई कैंची प्रहार गर्ने पक्राउ

काठमाडौं, २८ जेठ । वृद्धलाई कैंची प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-१ नारायणथानका...