१२ घण्टाभित्र सगरमाथा आरोहण : भिजन घिसिङ तामाङ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १२ जेठ । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-८, टेकानपुरका आरोही भिजन घिसिङ तामाङले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन्। ८ हजार ८ सय ४८ मिटर उचाइ रहेको सगरमाथाको शिखरमा उनले सोमबार सफलता हासिल गरेका हुन्। सगरमाथा आरोहणसँगै भिजन यतिबेला सामाजिक सञ्जालमा चर्चामा छन्।

आरोहणपछि उनले सोमबार दिउँसो सामाजिक सञ्जालमार्फत तस्वीर सार्वजनिक गर्दै सफल आरोहणबारे जानकारी दिएका हुन्। सार्वजनिक तस्वीरमा उनी सगरमाथाको चुचुरोमा आफ्नो कम्पनीको बोर्ड सहित देखिएका छन्। कठिन हिमाली मौसम, अत्यधिक चिसो र जोखिमपूर्ण यात्राबीच सफल आरोहण गरेका भिजनलाई सामाजिक सञ्जालमा बधाई दिने क्रम बढ्दो छ।

ग्रामीण क्षेत्रबाट विश्वकै अग्लो हिमालसम्मको यात्रा तय गरेका भिजनको उपलब्धिलाई स्थानीयवासीले गर्वको विषयका रूपमा लिएका छन्। उनकाे सफलताले तेमाल क्षेत्रका युवामा पर्वतारोहणप्रतिको आकर्षण र प्रेरणा थपिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कागेश्वरीकी इन्जिनियर दिपा कार्की ६४ हजार घुससहित पक्राउ

काठमाडौं, १६ भदौ । कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर दिपा कार्की ६४...

बोडेमा ऐतिहासिक निलबाराही नाच प्रदर्शन

भक्तपुर, १६ भदौ । मध्यपुरथिमि नगरपालिकास्थित बोडेमा ऐतिहासिक नीलबाराही नाच प्रदर्शन गरिएको छ । हरेक वर्ष भाद्र द्वितीयादेखि...

रसुवा बाढी अपडेट : बेत्रावतीमा एक घरमा २४ वटा शव फेला

काठमाडौं, १६ भदौ । नुवाकोटको विदुर नगरपालिका-१० स्थित बेत्रावती रहेको एउटै घरमा २४ वटा शव फेला परेको छ।...

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...