सूर्यविनायक नगरपालिका उत्कृष्ट २० मा पर्यो

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ११ जेठ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष ०८०/८१ को ‘स्थानीय तहको संस्थागत क्षमता विकास अवस्था विश्लेषण तथा क्षेत्र पहिचान प्रतिवेदन’मा भक्तपुरको सूर्यविनायक नगरपालिका देशकै उत्कृष्ट २० स्थानीय तहमध्ये पर्न सफल भएको छ।
यसअघि ‘स्थानीय तह संस्थागत क्षमता स्व-मूल्याङ्कन’ र ‘वित्तीय सुशासन जोखिम मूल्याङ्कन’ छुट्टाछुट्टै गरिँदै आएकोमा मन्त्रालयले पहिलोपटक दुवै प्रणालीलाई समायोजन गरी एकीकृत कार्यसम्पादन मूल्याङ्कन प्रणालीमार्फत नतिजा सार्वजनिक गरेको हो। पहिलोपटक गरिएको एकीकृत मूल्याङ्कनमै सूर्यविनायक नगरपालिका उत्कृष्ट २० भित्र पर्न सफल भएको हो।

प्रतिवेदनअनुसार सूर्यविनायक नगरपालिकाले ८८ अंक प्राप्त गरेको छ। धादिङको नीलकण्ठ नगरपालिकाले ९४.४० अंकसहित देशकै प्रथम स्थान हासिल गर्दा चितवनको खैरहनी नगरपालिका ९२.७५ अंकसहित दोस्रो तथा धादिङकै बेनिघाट रोराङ गाउँपालिका ९१.७५ अंकसहित तेस्रो स्थानमा रहेका छन्।
उपत्यका (काठमाडौं उपत्यका) का स्थानीय तहहरूमा ललितपुर महानगरपालिकाले करिब ८८.२५ अंक प्राप्त गर्दै १५औँ स्थान हासिल गरेको छ भने सूर्यविनायक नगरपालिका ८८ अंकसहित उपत्यकामा दोस्रो स्थानमा पर्न सफल भएको छ। यस सूचीमा उपत्यकाबाट यी दुई स्थानीय तह मात्रै शीर्ष २० भित्र पर्न सफल भएका छन्।

भक्तपुर जिल्लाबाट सूर्यविनायक नगरपालिका उत्कृष्ट सूचीमा समावेश हुनु नगरको प्रशासनिक क्षमता, सेवा प्रवाह तथा सुशासन सुधारको संकेतका रूपमा हेरिएको छ।
नगरपालिकाले प्रशासनिक संयन्त्रलाई व्यवस्थित बनाउँदै सेवा प्रवाहलाई थप प्रभावकारी बनाएको, विकास निर्माणलाई गति दिएको तथा नागरिकमुखी कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको बताइएको छ। मन्त्रालयले कार्यसम्पादनका आधारमा स्थानीय तहलाई आगामी दिनमा अनुदान, प्रोत्साहन तथा सहयोग प्रणालीसँग जोड्नुपर्ने सुझावसमेत प्रतिवेदनमार्फत दिएको छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...