पूर्वमन्त्री गुप्तासँग ५० लाख धरौटी माग

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ७ जेठ । सर्वोच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तासँग ५० लाख धरौटी माग गर्ने आदेश गरेको छ। पोखराको लिचीबारी जग्गा प्रकरणमा  विशेष अदालतको आदेशले थुनामा रहेका पूर्वमन्त्री  गुप्तालाई  धरौटी माग गर्ने आदेश सर्वोच्चले जेठ ५ मा गरेको हो ।

न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले विशेष अदालतको आदेश बदर गर्दै रञ्जिता श्रेष्ठसहितलाई धरौटीमा रिहा गर्ने आदेश भएको भन्दै गुप्तालाई पनि धरौटी माग गर्ने आदेश गरेको हो ।
पोखराको बाटुलेचौरस्थित लिचीबारी जग्गा प्रकरणमा ७८ लाख घुस लेनदेन भएको ठहर गर्दै गुप्तासहित दुई पूर्वमन्त्रीसमेत सातविरुद्ध ०८२ असोज २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अन्य प्रतिवादीको हकमा विशेषको आदेश बेरितको नदेखिँदा परिवर्तन गर्नु नपर्ने सर्वोच्चको आदेशमा उल्लेख छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...