श्री बाल व्यवसायी केन्द्र मा. वि. मा लिफ्ट जडान

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ३ जेठ । काठमाडौं महानगरपालिका-७ सिफलको श्री बाल व्यवसायी केन्द्र माध्यमिक विद्यालयमा लिफ्ट जडान गरिएको छ । श्रवण–दृष्टिविहीन, सुस्त श्रवण, पूर्ण र अति अशक्त अपाङ्गता भएका शारीरिक, दृष्टिबिहीन, न्यून दृष्टियुक्त, अटिजम, बौद्धिक तथा बहुअपाङ्गता भएका, स्वर बोलाइ र मनोसामाजिक अपाङ्गता भएका बालबालिका अध्ययन गर्ने यस विद्यालयका सबै कक्षा कोठामा सबै विद्यार्थीको पहुँच पुर्‍याउन काठमाडौँ महानगरपालिकाको अनुदानमा लिफ्ट जडान गरिदिएको हो । विद्यालयमा लिफ्ट जडान भएपछि अभिभावक तथा विद्यार्थीमा खुशी भएका छन् ।

व्हील चेयर प्रयोगकर्ता बालिकालाई लिफ्टमा राखेर प्रणाली सञ्चालनको शुभारम्भ गर्दै काठमाडौँ महानगरपालिकाका कार्यबाहक प्रमुख सुनिता डंगोलले, सबै प्रकारका बालबालिकाको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको संरक्षण गर्न काठमाडौँ महानगरपालिकाले अभिभावकत्व ग्रहण गर्ने बताइन्। ‘अहिले भएका विद्यालयहरुको भौतिक पूर्वाधारमा सुधार गर्ने, सिकाइलाई सूचना तथा सञ्चार प्रविधिमा आबद्ध गराउने, विशेष विद्यालय सञ्चालन गर्ने कार्यक्रममार्फत सबै बालबालिकामा शिक्षाको उज्यालो ज्योति प्रदान गर्नेछौँ,’ उनले भनिन्, ‘एक दृष्टिले हेर्दा लिफ्ट जडान गर्नु अति सामान्य काम जस्तो लाग्छ । तर, हामीले यसको लाभ कस्तो छ भन्ने कोणबाट हेरेका छौँ । सामान्य व्यक्तिका लागि लिफ्ट ठुलो सुविधा नहुन सक्छ । तर, दृष्टिविहिन, व्हीलचेयर प्रयोगकर्ता बालबालिकाका लागि यो धेरै नै ठुलो सुविधा हो । यसले बालबालिकाको आत्मसम्मान र आत्मविश्वाशमा ठुलो योगदान दिनेछ ।’

उक्त विद्यालयमा श्रवण-दृष्टिबिहीन भएका १८ जना बालबालिका छन् । पूर्ण र अति अशक्त अपाङ्गता भएका, दृष्टिबिहीन, अटिजम, बौद्धिक तथा बहुअपाङ्गता भएका र ४२ जना सामान्य तथा मध्यम प्रकृतिका सुस्तश्रवण, न्यूनदृष्टियुक्त, स्वर बोलाइ र मनोसामाजिक अपाङ्ता भएका बालबालिका अध्ययनरत छन् । यस्तो अवस्था भएका बालबालिकाहरुलाई विद्यालयले भर्ना नलिएको विषय धेरै पटक समाचार बनेका छन् । तर, यस विद्यालयले सबै प्रकारका अपाङ्गता भएका बालबालिकालाई भर्ना लिने, अध्ययनसँगै थेरापी गराउने गरेको छ । काठमाडौं महानगरपालिका वडा नं. ७ का अध्यक्ष विमलकुमार होडाले समावेशी शिक्षाका लागि महानगरपालिकासँग वडा कार्यालयले पनि विशेष लगानी गरिरहेको बताएका छन् ।

विद्यालयका प्रधानाध्यापक रामप्रसाद ढुङ्गानाका अनुसार वि. सं. २०२८ सालमा बाल संगठनमा आश्रय लिई बसेका असहाय, अनाथ, कैदीबन्दीका छोराछोरी र अपाङ्गता भएका बालबालिकाहरुलाई शिक्षा प्रदान गर्ने उद्देश्यले यो विद्यालय स्थापना भएको हो ।  नेपाल बाल संगठनभित्र आश्रय लिई बसेका असहाय बालबालिकाको परनिर्भरतालाई अन्त्य गरेर दीर्घकालीन रुपमा उनीहरुलाई स्वाबलम्वी तथा आत्मनिर्भर बन्न व्यवसायिक सिप सिकाइने प्रमुख लक्ष्यका विद्यालय स्थापना भएको उनी बताउँछन् । हाल विद्यालयमा ४२७ जना बालबालिका अध्ययनरत छन् । शैक्षिक सत्र २०५६ देखि अहिलेसम्म २६  ब्याच   एसएलसी र एसईईमा परीक्षामा १ हजार ५ सय बढी विद्यार्थीहरुलाई ग्रेडेड गराएको छ । शैक्षिक सत्र २०८० मा ९४ प्रतिशत, २०८१ मा शतप्रतिशत विद्यार्थी सफल भए । शैक्षिक सत्र २०८२ मा ३ जना विद्यार्थीले ३.६ देखि ३.९ जीपीए सहित शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...