पुलिस क्लबमा राखिएका १९ मूर्ति पुरातत्वलाई फिर्ता गरिने

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ३ जेठ । भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएका १९ वटा भगवानका मूर्ति पुरातत्व विभागलाई फिर्ता गरिने भएको छ । सोमबार संग्रहालय दिवसको अवसर पारेर आयोजना हुने औपचारिक कार्यक्रमका बीच मूर्ति हस्तान्तरण हुन लागेको विभागका प्रवक्ता सन्दीप खनालले जानकारी दिए ।
प्राचीन स्मारक संरक्षण ऐन अनुसार, पुरातात्विक महत्त्वका वस्तु जुनसुकै स्थानबाट प्राप्त भए पनि पुरातत्व विभागको संरक्षण र निगरानीमा रहनुपर्ने व्यवस्था छ । तर, प्रहरीको कल्याणमुखी इकाई पुलिस क्लबमा त्यसलाई लामो समयदेखि राखिएको भन्दै सम्पदा संरक्षणकर्मीले प्रश्न उठाउँदै आएका थिए ।

प्रहरीले ती मूर्ति कहाँबाट ल्यायो भन्नेसमेत स्पष्ट जानकारी दिएको थिएन ।  २९ साउन २०८२ मा पुरातत्व विभागले प्रहरी प्रधान कार्यालय, नक्साललाई पत्राचार गर्दै मूर्तिबारे जानकारी मागेको थियो । पछि विभागका कर्मचारी स्थलगत निरीक्षणका लागि समेत गएका थिए । अध्ययनका क्रममा ती मूर्ति पुरातात्विक महत्त्वको भएको पाइएपछि संरक्षण गर्ने प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बागमतीका श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा उपचारमा विशेष सहुलियत दिइने 

मकवानपुर, ३२ असार । बागमती प्रदेश सरकारले प्रदेशभित्र क्रियाशील श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत...

मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सम्झौता हुँदै

काठमाडौं, ३२ असार । वर्षौंदेखि मिटरब्याजी (अनुचित लेनदेन) को चक्रव्यूहमा परेर उठिबास भएका विपन्न किसान र मजदुरहरूको सङ्घर्षलाई...

काठमाडौँ महानगरपालिकाका न्यायिक सहजकर्ता मार्फत ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान

काठमाडौं, ३२ असार । काठमाडौं महानगरपालिकाले ३९ महिनाको अवधिमा ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान...

ब्युँतियो सांसदहरूले स्वकीय सचिवको सुविधा पाउने व्यवस्था

काठमाडौं, ३२ असार । सरकारले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेको छ । पछिल्लो मन्त्रिपरिषद्को बैठकले यस्तो...