‘२२ वडा महोत्सव’ जेठ २ मा

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ३१ वैशाख । काठमाडौं महानगरपालिकाको वडा नम्बर २२ ले जेठ २ गते शनिबार ‘२२ वडा महोत्सव’ आयोजना गर्ने भएको छ । शनिबार बिहान क्यान्सर रोग रोकथामको सन्देश दिने पैदल यात्रा (वाकाथन)बाट महोत्सवका कार्यक्रम सुरु हुने जनाएको छ ।
वडाध्यक्ष चिनीकाजी महर्जनका अनुसार नेवाः खानाका स्टल, सांस्कृतिक र्‍याली, हस्तकला तथा घरेलु उत्पादन प्रदर्शनी, रक्तदान, धिमे वादन प्रतियोगिता, बालबालिकाका मनोरञ्जन उद्यान सहित महोत्सवका आकर्षण हुन् । ‘अनलाइन खेलमा आधारित सम्पदा खोजौँ कार्यक्रमले युवाहरु बिच सम्पदा क्षेत्रको पहिचान बढाउन मद्दत गर्नेछ,’ उनले भने, <span;>‘टेवहालमा वहुभाषिक साहित्यिक कार्यक्रम हुनेछ । खिचापोखरीमा २२ वडाका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा योगदान गर्नु हुने २२ मूर्धन्य व्यक्तित्वहरुलाई सम्मान र सांस्कृतिक कार्यक्रम हुनेछन् । धर्मपथमा बालबालिकाका लागि खेल र मनोरञ्जन स्थल हुनेछ । धर्मपथको सांस्कृतिक भवनमा चित्रकला प्रदर्शनी हुनेछ । न्युरोड गेटदेखि वटु मार्गसम्म विभिन्न कार्यक्रम सञ्चालन हुनेछन् ।’

पुस्तक प्रदर्शनी, ऐतिहासिक तस्विर प्रदर्शनी लगायत कार्यक्रम महोत्सवका आकर्षण हुन् । महोत्सवमा करिब ४ लाख व्यक्तिहरु सहभागी हुने आयोजकको अपेक्षा छ । सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारदेखि लोकप्रिय कलाकार दिपक बज्राचार्य समूह र कुटुम्ब व्याण्डको गायन तथा वाद्यवादनको प्रस्तुति रहनेछ ।

महोत्सवमा धिमे बाजा प्रतियोगिता हुँदैछ । यश प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई ७५ हजार, दोस्रो स्थान हासिल गर्नेलाई ५० हजार, तेस्रोलाई २५ हजार र सान्त्वाना स्थान प्राप्त गर्नेलाई १५ हजार रुपियाँसहित पुरस्कृतको व्यवस्था गरिने जनाएको छ । महोत्सवमा<span;> धरहरा, सिभिल मल, सीटीसी मल, काठमाडौं मल, एसटीसी मलमा पार्किङको व्यवस्थापन गरिएको वडाध्यक्ष महर्जनले जानकारी दिए ।

काठमाडौं वडा नं. २२ का मुख्य ठाउँहरु न्युरोड, टेवहाल (संकटा), सुन्धारा, खिचापोखरी, प्युखा, गणवहाल वडाका मुख्य क्षेत्र हुन् ।वडाध्यक्ष महर्जनका अनुसार वडा वर्गीकरणमा मध्यम वडामा पर्ने यो वडाको पूर्वमा वडा नं. २८, पश्चिममा वडा नं. २३ र २४, उत्तरमा वडा नं. २७ र दक्षिणमा वडा नं. ११ र २१ सँग सिमाना जोडिएको छ । वडाभित्र होलसेल र खुद्रा गरेर करिब ८ हजार व्यवसाय सञ्चालित छन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...