काठमाडौं महानगर कार्यबाहक प्रमुख डंगोल र सिंगापुरका उपउच्चायुक्त वाकाभीको भेट 

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ३१ वैशाख । काठमाडौं महानगरपालिकाका कार्यबाहक प्रमुखसँग नेपालका लागि सिंगापुरका उपउच्चायुक्त (डेपुटी एम्बास्डर) सुमाया बाकाभीले शिष्टाचार भेट गरेका छन् ।कार्यबाहक प्रमुख डंगोलको बैठक कक्षमा बिहीबार उनीहरुको भेटवार्ता भएको हो । भेटका क्रममा कार्यबाहक डंगोलले, सहरी स्वच्छता, सरसफाइ र नागरिकका दैनिक जीवनसँग जोडिएका सेवा तथा सहरी व्यवस्थापनका कामलाई दिगो र संस्थागत बनाउँदै लगिएको बताइन् । आपसी हित, विकासका आयाम र नवप्रवर्तनका विषयमा कुरा गर्दै डंगोलले, सार्वजनिक यातायातका साधनलाई यात्रुको पहिलो छनोट बनाउने कार्यक्रम सञ्चालन गरिरहेको बताइन् ।

भेटवार्ताका क्रममा डेपुटी एम्बास्डर वाकाभीले, सहरी विकास र व्यवस्थापनसँगै स्थानीय शासन, स्थानीय निर्वाचन प्रणाली, स्थानीय निर्वाचनमा महिला निर्वाचित हुने व्यवस्था, प्रमुख र उपप्रमुखका कानुनी दायित्व लगायत विषय जिज्ञासा राखेकी छन्। ‘तपाईँ त युवा नै हुनुहुन्छ । राजनीतिमा कसरी प्रेरित हुनुभयो ?,’ वाकाभीको प्रश्न गरिन् । जवाफमा डंगोलले, राजनीतिमा आउनु अघि आफू सामाजिक क्षेत्रमा सक्रिय रहेको बताउँदै सामाजिक क्षेत्रबाट एउटा मात्र क्षेत्रको सुधार गर्न सकिने तर, राजनीतिमा गरिने एउटा नीतिगत निर्णयले धेरै व्यक्तिलाई एकै पटक लाभ दिन सकिने भएकोले राजनीतिमा आएको बताएकी छन् ।

भेटका अवसरमा दूतावासका पोलिटिकल फस्ट सेक्रेटरी द्वय अब्राहम टाम र जोस्हुआन लिम, सोसल सेक्रेटरी सोनिया, महानगरपालिकाको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख गंगाधर गौत्तम, कार्यवाहक प्रमुखको सचिवालयका अधिकृत सौरभ गौत्तमसहित अधिकारीहरुको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बोडेमा ऐतिहासिक निलबाराही नाच प्रदर्शन

भक्तपुर, १६ भदौ । मध्यपुरथिमि नगरपालिकास्थित बोडेमा ऐतिहासिक नीलबाराही नाच प्रदर्शन गरिएको छ । हरेक वर्ष भाद्र द्वितीयादेखि...

रसुवा बाढी अपडेट : बेत्रावतीमा एक घरमा २४ वटा शव फेला

काठमाडौं, १६ भदौ । नुवाकोटको विदुर नगरपालिका-१० स्थित बेत्रावती रहेको एउटै घरमा २४ वटा शव फेला परेको छ।...

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...