१८ मन्त्रालय कायम गरेसँगै मन्त्रीमण्डल हेरफेर

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, ३१ वैशाख । सरकारले मन्त्रालयको संख्या घटाएर १८ कायम गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीमण्डल हेरेफेर गरेका छन् । योसँगै प्रधानमन्त्री वालेन्द्र शाहले रक्षा, गृहसँगै विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय पनि आफैसँग राखेका छन् ।
डा. स्वर्णिम वाग्ले अर्थ, शिशिर खनाल परराष्ट्र, विराजभक्त श्रेष्‍ठ उर्जा, जलस्रोत तथा सिंचाइ यथावत रहेको छ । सुनिल लम्साललाई पूर्वाधार विकास मन्त्रालय दिइएको छ । सोविता गौतम कानुन, न्याय तथा संसदीय मामिला,  खडकराज पौडेल संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन,  विक्रम तिमिल्सिना सूचना तथा सञ्‍चारमा यथावत छन् ।

गीता चौधरी कृषि, वन तथा पर्यावरण, गौरी कुमारी उद्योग, वाणिज्य तथा आपूर्ति, रामजी यादव युवा, श्रम तथा रोजगारमन्त्री यथावत नै छन् ।  सीता वादीलाई महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा  मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रतिभा रावल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री,  निशा मेहता स्वास्थ्य तथा खाद्य स्वच्छता र  सस्मित पोखरेल शिक्षा तथा खेलकुदमन्त्रीको रुपमा कायम छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Helio School
Helio School

सम्बन्धित लेखहरू

टिकटकर तुलसा अधिकारी पक्राउ

काठमाडौं, १७ जेठ । टिकटकर तुलसा अधिकारी भनेर चिनिने तुलसी अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई थाइल्यान्डबाट...

सुनको भाउ २० हजार ५ सय बढ्यो

काठमाडौं, १७ जेठ । केही दिनयता ओरालो लागेको सुनको मूल्य आज (आइतबार) ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी...

हेटौंडा-काठमाडौं जोड्ने चित्लाङ-थानकोट सडक दुईसाता बन्द

काठमाडौं, १७ जेठ । हेटौंडा-काठमाडौं जोड्ने छोटो दुरीको चित्लाङ-थानकोट सडकमार्गमा आइतबारदेखि सवारी साधन आवागमन बन्द गरिने भएको छ...

निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बीमा सेवा बन्द

काठमाडौं, १६ जेठ । स्वास्थ्य बीमा कार्यक्रमको वित्तीय संकट गहिरिँदै जाँदा आज (शनिबार) देखि निजी अस्पतालमा आकस्मिक सेवाबाहेक...