नेपाल मोबाइल व्यवसायी महासंघको महाधिवेशन काठमाडौंमा

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ३१ वैशाख । नेपाल मोबाइल ब्यवसायी महासंघको तेस्रो केन्द्रीय महाधिवेशन तथा पाँचौ साधारणसभा जेठ १ र २ गते काठमाडौंमा हुने भएको छ । महासंघले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । महाधिवेशन काठमाडौंको राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा जेठ २ गते र  जेठ १ गते ह्वाइट पार्टी प्यालेश कौशलटारमा बन्दसत्र सुरु हुने नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराईले जानकारी दिएका छन् ।

महाधिवेशनका लागि १५ सय प्रतिनिधि चयन भएको महासंघका महासचिव सन्तोष घिमिरेले जानकारी दिएका छन् । उनका अनुसार महाधिवेशनबाट ५५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन हुनेछ। पदाधिकारीकारी तर्फ हाम्रो विधान अनुसार अध्यक्ष, निवर्तमान अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, ७ उपाध्यक्ष (खुला), महासचिव १, कोषाध्यक्ष १, सचीव ४ मध्ये ३ खुला र १ महिला र सहकोषाध्यक्ष १ निर्वाचित हुने ब्यवस्था छ।

त्यसैगरी, केन्द्रीय सदस्य प्रत्येक प्रदेशबाट २ को दरले कुल १४ जना, संस्थापक संस्था १४ वटाको तर्फबाट १/१ गरि कुल १४ जना, बागमती प्रदेशबाट थप ५ जना, अध्यक्ष द्वारा मनोनीत ५ जना (समावेशीताका आधारमा) कार्यसमितिमा रहने व्यवस्था छ। मोबाइल ब्यवसायीहरुको छाता संस्था नेपाल मोबाइल ब्यवसायी महासंघमा सातै प्रदेश र ७० जिल्लामा शाखा विस्तार भएको छ। देशभर २७ हजार ४०० साधारण सदस्य छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

भक्तपुरमा एक वर्षमै ४२ अर्ब २३ करोड खर्च

भक्तपुर, ०१ असार । गत आर्थिक वर्ष २०८२ /०८३ मा भक्तपुर जिल्लामा चालु र पूँजीगत गरी ४२ अर्ब...

बागमती प्रदेश अन्तर्गतका एघार प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा: स्वास्थ्यमन्त्री किरण थापा

मकवानपुर, ०१ साउन । बागमती प्रदेश सरकारले प्रदेशका १३ प्रादेशिक अस्पतालमध्ये काठमाडौँ र ललितपुरबाहेक ११ वटा प्रादेशिक अस्पतालबाट...

जिल्ला अदालतले माग्यो दीपक भट्ट र सुलभ अग्रवालसँग धरौटी

काठमाडौं, ०१ साउन । जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा विवादास्पद व्यवसायी दीपक भट्ट र व्यापारी सुलभ...

बागमतीका श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा उपचारमा विशेष सहुलियत दिइने 

मकवानपुर, ३२ असार । बागमती प्रदेश सरकारले प्रदेशभित्र क्रियाशील श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत...