रोजगार र स्वरोजगार बनाउन सिप मेला

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ३१ वैशाख । काठमाडौं महानगरपालिकाको वडा नम्बर १८ ले ६ वटा विधामा तालिम सञ्चालन गरेर सिप मेला सञ्चालन गरेको छ । शुक्रबारबाट सुरु भएको मेला ७ दिनसम्म चल्नेछ । प्रशिक्षणमा १२५ जना स्थानीयबासी सहभागी छन् ।

तालिममा वारिस्ता, वेकरी, सेल्फ मेक अप, नेल आर्ट र रेडिमेड साडी तयारी सम्बन्धी प्रशिक्षण सञ्चालन गरिएको छ । स्थानीयबासीमा उद्यमशील विकास, रोजगारमूलक तथा स्वरोजगारमूलक र समाज व्यवस्थापनसँग सम्बन्धित विधाहरु छानिएको वडाध्यक्ष न्हुच्छेकाजी महर्जनले जानकारी दिए। ‘गतवर्ष परम्परागत खाद्य परिकार उत्पादन गर्ने, एक वडा एक नमूना उद्यमसँग सम्बन्धित सिप विकास गराउने, विपद व्यवस्थापनमा स्थानीय क्षमता विकास गराउनेसहितका तालिम सञ्चालन गरेका थियौँ । डल्लो साबुन, झोल साबुन र सरफ बनाउने, कपडाका जुत्ता बनाउने, रेशमी धागोबाट हस्तकलाका सामान बनाउने लगायत तालिम सञ्चालन गरेका थियौं,’ उनले भने, ‘यस वर्ष वेकरी, वारिस्ता विधाका तालिम थपेकाछौँ । स्थानीयबासीमा स्वरोजगार बन्न, दैनिक जीवनयापनका लागि गर्नु पर्ने खर्च घटाउन र रोजगारीका क्षेत्रमा जान सहयोग गर्ने अपेक्षा लिएका छौँ ।’

स्थानीय गृहिणीहरु आफूले गर्नुपर्ने खर्च घटाउन सक्नुपनि उपलब्धि भएको उनले बताए । वडा सदस्य हेराशोभा डंगोल महर्जनले पार्लरमा गर्नुपर्ने खर्च घटाउनु पनि आय नै भएको प्रतिक्रिया दिइन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...