सूर्यविनायक-१ मा पूर्वाधारमा ऐतिहासिक फड्को

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २२ वैशाख । जनप्रतिनिधिले नेतृत्व सम्हालेपछि सूर्यविनायक नगरपालिका-१ (सिरुटार) पछिल्लो ९ वर्षमा पूर्वाधार विकासको नमुना वडाका रूपमा स्थापित भएको छ । प्राकृतिक रूपमा ढुंग्रे खोला र चरखण्डी खोलाले घेरिएको यस वडामा लामो समयदेखि रहेको पुल अभावको समस्या समाधान गर्दै विकासको आधार तयार गरिएको वडा नेतृत्वले जनाएको छ ।
वडा अध्यक्ष सानुकाजी कायस्थका अनुसार २०७४ सालपछि पुल निर्माणलाई पहिलो प्राथमिकतामा राखिएको थियो । सोही अनुसार हालसम्म वडाभित्र १३ वटा पुल निर्माण सम्पन्न भइसकेका छन्, जसमा ७ वटा बक्स-टाइप र ६ वटा साना पुल रहेका छन् । थप २ वटा पुल निर्माणको अन्तिम चरणमा रहेका छन् भने अर्को एउटा पुल टेन्डर प्रक्रियामा पुगेको छ । उपत्यकाकै नमुना पुलसमेत यही वडामा निर्माण गरिएको दाबी गरिएको छ । पुल निर्माणसँगै आवागमनमा ऐतिहासिक सहजता आएको छ ।

सडकमा स्तरोन्नति, हरियालीमा विस्तार
वडाभित्र सडक पूर्वाधारमा पनि उल्लेखनीय सुधार भएको छ । कौशलटार-बालकोट-बिरुवा सडकखण्डअन्तर्गत करिब ५.५ किलोमिटर सडक ११ मिटर चौडाइमा विस्तार गरी फुटपाथ र ढलसहित स्तरोन्नति गरिएको छ । सडक किनारमा जापानी फूलका बिरुवा रोपेर हरियाली प्रवद्र्धन गरिएको छ भने अन्य आन्तरिक सडकहरू समेत कालोपत्रे, ढलान र स्तरोन्नतिका कार्य सम्पन्न भएका छन् ।

खानेपानीमा पहुँच विस्तार
खानेपानी व्यवस्थापनतर्फ वडामा उल्लेख्य प्रगति भएको देखिन्छ । २ लाख २५ हजार लिटर क्षमताका दुईवटा ट्यांकी, तीन वटा बोरिङ तथा पातलटार खानेपानी आयोजनाअन्तर्गत १ लाख लिटर क्षमताको थप ट्यांकी निर्माण गरिएको छ । यसले स्थानीयको पानी पहुँचमा उल्लेखनीय सुधार ल्याएको छ ।

शिक्षा र स्वास्थ्य पूर्वाधार सुदृढ
२०७२ सालको गोरखा भूकम्पमा क्षतिग्रस्त सिरुटार माध्यमिक विद्यालय र कुलमाया भगवती माध्यमिक विद्यालयको आधुनिक नमुना भवन निर्माण गरिएको छ । स्वास्थ्य सेवातर्फ वडाभित्रै हप्तामा दुई दिन (सोमबार र बिहीबार) प्रयोगशाला सेवा सञ्चालनमा ल्याइएको छ ।

सम्पदा संरक्षणसँगै संस्कृति प्रवर्द्धन
वडामा धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा समेत ध्यान दिइएको छ । धनसार गणेश मन्दिर, बालकुमारी मन्दिर निर्माण, सोमलिङ्गेश्वर मन्दिरको कलात्मक पुनर्निर्माण, थापागाउँ गणेश मन्दिर पुनर्निर्माण तथा बिन्धवासिनी मन्दिर संरक्षणका काम सम्पन्न भएका छन् । स्थानीय बाजागाजा संरक्षणअन्तर्गत धिमेबाजा र खैंजेडी प्रवद्र्धन अभियान सञ्चालन गरिएको छ । यसै अभियानअन्तर्गत स्थानीय समूहले बागमती प्रदेशस्तरीय धिमेबाजा प्रतियोगितामा प्रथम स्थान हासिल गरेको जनाएको छ ।

भौगोलिक चुनौतीबाट विकासको गति
साबिक सिरुटार गाविस संघीय संरचनापछि दधिकोटका वडासँग गाभिएर बनेको हालको सूर्यविनायक-१ करिब १०,६२९ जनसंख्या र २.९५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । कौशलटारबाट करिब ३ किलोमिटर तथा काठमाडौंबाट १२ किलोमिटर दूरीमा रहेको यो वडा आसपासका नगर क्षेत्रसँग जोडिएको छ ।
वडा स्तरीय ९ वर्षे पूर्वाधार विकास प्रतिवेदनअनुसार पुल निर्माणलाई आधार बनाएर सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षण क्षेत्रमा समग्र विकास अघि बढाइएको देखिन्छ । प्रतिवेदनले पूर्वाधार विकासलाई परिणाममुखी र प्रभावकारी रहेको निष्कर्ष निकालेको छ ।

यद्यपि बढ्दो जनसंख्या, केही क्षेत्रमा अझै पूर्वाधार विस्तारको आवश्यकता र दीर्घकालीन खानेपानी व्यवस्थापन चुनौतीका रूपमा रहेका छन् । सूर्यविनायक-१ मा पुलबाट सुरु भएको पूर्वाधार विकासले सडक, पानी, शिक्षा र संस्कृतिसम्म फैलिँदै समग्र जीवनस्तर सुधारमा उल्लेखनीय योगदान पुर्याएको देखिन्छ । वडाको आफ्नो दोस्रो कार्यकाल प्रति वडा अध्यक्ष सानुकाजी कायस्थ संतुष्ट छन् । भन्छन्, ‘ जनतालाई वाचा गरेका सबैजसो काम पुरा भएका छन् । तर समयसँगै थपिएको विकासको माग र चुनौती भने बाँकी छन् ।’

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...