खरिपाटी सेल्टरमा निःशुल्क स्वास्थ्य शिविर

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २२ वैशाख । नेपाल विद्युत प्राधिकरण तालिम केन्द्र, खरिपाटीमा आश्रय लिइरहेका विस्थापित सुकुम्बासीका लागि बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको समन्वयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
भक्तपुर अस्पतालको प्राविधिक सहयोग र जनस्वास्थ्य कार्यालय भक्तपुरको सहकार्यमा गरिएको शिविरमा १५८ जनाले स्वास्थ्य परिक्षण गराएको जनाएको छ । शिविरमा स्वास्थ्य परीक्षण, परामर्श तथा औषधि वितरण गरिएको हो। शिविरमा घाँटीमा प्वाल पारेर उपचार गराईरहेका आठ वर्षीय बालक, घाउँमा नियमित ड्रेसिङ्ग गर्नुपर्ने बिरामी, प्यारालाईसिस भएका जेष्ठ नागरिक, दृष्टिबिहान परिवार, कृष्ठरोगी, हिड्न र बोल्न नसक्ने तथा सुष्त मनस्थिति भएका परिवार, सुत्केरी, गर्भवतीलगायतका बिरामीहरु समेत सेल्टरमा रहेका छन् । हिड्न नसक्नेहरुलाई सेल्टरको बेडमै गएर स्वास्थ्य परीक्षण गरि औषधि वितरण तथा स्वास्थ्य शिक्षा र मनोपरामर्श सेवा समेत दिईएको जनस्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।

विपद् तथा विस्थापनको अवस्थामा रहेका नागरिकको स्वास्थ्य सुरक्षालाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले जानकारी दिए । स्वास्थ्य तथा जनजीवन सहज बनाउन यस्ता सेवा निरन्तर सञ्चालन गरिने मन्त्री थापाले बताए । शिविरमा खटिएका स्वास्थ्यकर्मी, कर्मचारी तथा सहयोगी निकायप्रति  स्वास्थ्य मन्त्री थापा मगरले धन्यवाद व्यक्त गर्दै नागरिकको स्वास्थ्य, सम्मान र सुरक्षाप्रति सरकार प्रतिबद्ध रहेको बताएका छन्।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...