भक्तपुर नगरपालिकाद्वारा जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुरलाई सुरक्षा सामग्रीहरू हस्तान्तरण

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, १५ वैशाख । भक्तपुर नगरपालिकाले जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरलाई सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । नगरपालिकाले  आगलागी नियन्त्रण गर्न ६ लाख ९३ हजार रूपैयाँ बराबरको सुरक्षा सामाग्रीहरु एससीबीए (self Containing Breathing Apparatus) सेट २ थान र बुट १५ सेट हस्तान्तरण गरेको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरका कार्यालय प्रमुख विजयप्रसाद धौभडेललाई मंगलबार एक कार्यक्रम आयोजना गरी उक्त सामग्रीहरू हतान्तरण गरेका हुन् । कार्यक्रममा नगर प्रमुख प्रजापतिले विपद्का सम्भावित दुर्घटनालाई ध्यानमा राखेर नगरपालिकाले सहयोग सामाग्री वितरण गर्दै आएको बताउँदै जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरले सक्रियतापूर्वक काम गरिरहेको बताए । जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरका कार्यालय प्रमुख विजयप्रसाद धौभडेलले जुद्ध बारुण यन्त्र कार्यालय सबैको साझा संस्था भएको बताउँदै आगलागी नियन्त्रण कार्यमा कुनै कमी कमजोरी हुन नदिने बताएका छन् । आगामी दिनमा पनि भक्तपुर नगरपालिकाको साथ र सहयोगको अपेक्षा राख्दै उनले दक्ष जनशक्तिहरुबाट जुद्ध वारुण यन्त्र कार्यालयले सेवा प्रवाह गर्दै आएको बताए ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...