सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल नियुक्त

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १४ वैशाख । सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल नियुक्त भएका छन् । सशस्त्र प्रहरीको १३ औँ महानिरीक्षक (आईजीपी) मा पौडेल नियुक्त भएका हुन् । सोमबारको मन्त्रिपरिषद् बैठकले वैशाख १९ गतेदेखि लागू हुने गरी पाैडेललाई आईजीपी बनाउँने निर्णय गरेको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल चार वर्षे कार्यकाल पूरा गरी वैशाख १८ गते अवकाश पाउँदैछन् । २०७९ वैशाख १८ गते आईजीपी नियुक्त भएका अर्याल चार बर्षे पदावधिका कारण अवकाशमा जान लागेका हुन् । नवनियुक्त आईजी पौडेल र अवकाश हुने अर्याल नेपाल प्रहरीको निरीक्षक (इन्स्पेक्टर) मा एकै दिन   प्रवेश गरेका थिए ।

उनीहरु नेपाल प्रहरीको १११ औँ टोलीका अधिकृत हुन् । नेपाल प्रहरीका आईजी दानबहादुर कार्की पनि सोही टोलीका हुन् । अर्याल, पौडेलसहितका अधिकृत २०५८ सालमा सशस्त्र प्रहरी बल स्थापना हुँदा उक्त संगठनमा समायोजित भएका थिए । सशस्त्रको आईजीका निम्ति पौडेलसँगै अर्का एआईजी बंशीराज दाहाल पनि प्रतिस्पर्धामा थिए । दहाल पनि साेहि व्याजका अधिकृत हुन् । पौडेल २०७९ जेठ ६ गते र दाहाल २०७९ असोज २८ मा एआईजी बढुवा भएका थिए ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...