दशौं भक्तपुर महोत्सव सम्पन्न

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुुर, ९ वैशाख । दशौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’ सम्पन्न भएको छ । चैत २६ गतेबाट सुरु भएको महोत्सवको १२ दिनसम्ममा करिब १ लाख जनाले अवलोकन गरेकाे औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिए । ‘उपभोक्तालाई एउटै स्थानमा दैनिक उपभोग्य वस्तुदेखि आवश्यक सामग्रीसम्म सहज रूपमा उपलब्ध गराउने मुख्य उद्देश्य राखेर हामीले महोत्सव आयोजना गरेका थियौ,’अध्यक्ष महतले भने ।

महोत्सवमा स्थानीय उत्पादन, हस्तकलाका सामाग्री समेत राखिएको थियो । महोत्सवमा १ सय ५० भन्दा बढी स्टलहरू राखेको थियो । ती स्टलमा रहेका व्यापारीले करिब ३ करोड रुपैँया बराबारको व्यापार गरेको अध्यक्ष महतले जानकारी दिए । दैनिक रुपमा चर्चित कलाकारहरुले सांगीतक प्रस्तुती र महोत्सवमा बालबालिकाका लागि रोटे पिङ, ड्रागन ट्रेन, नाउलगायतका मनोरञ्जनात्मक खेलका साधनहरू राखिएको महोत्सवका संयोजक दीपक थापाको भनाई रहेको छ ।
महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले यस्ताखालका महोत्सवले स्थानीय बजार चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । ‘रोजगारी सिर्जना र स्थानीय उत्पादनको बजारीकरणमा गर्न समेत टेवा पुग्ने विश्वास लिएको छु,’ नगरप्रमुख थापाले भने । भक्तपुर जिल्ला र सूर्यविनायक नरगपालपालिकाको साँस्कृतिक तथा पर्यटकिय गतिविधीलाई बढाउने महोत्सवलाई नरगपालिकाले सधै साथ दिन उनको भनाई रहेको छ ।

महोत्सवमा नृत्य प्रतियोगीता, प्रथमलाई २० हजार पुरस्कार
दशौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सवमा नृत्य प्रतियोगीता सम्पन्न भएको छ । उक्त प्रतियोगीतामा रतिश गिरी प्रथम हुदैं नगद रु. २० हजार पुरस्कार प्राप्त गरेका छन् । दोस्रो स्थानमा अन्नी तामाङले नगद १० हजार, तेस्रो स्थानकी स्प्रीका शाहीले ५ हजार नगद पुरस्कार प्राप्त गरिन् ।  रेम्बो तामाङ र रेविका लामाले सान्तवना भएका दुई जनाले जनही २ हजार ५ सय नगद पुरस्कार पाएका छन् । उक्त अवसरमा समय समाज साप्ताहीककी पत्रकार सिर्जना खतिवडालाई नगद रु. ५ हजारसहित सम्मान गरिएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...