आइतबार बागमती प्रदेश सभाको बैठक आव्हान

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ४ चैत । बागमती प्रदेश सभाको बैठक आव्हान गरिएको छ । ६ बैशाख आइतबार बिहान ११ बजे बस्ने गरी प्रदेश सभाको चालु अधिवेशनको बैठक आह्वान गरिएको हो  ।
प्रदेश सभाको यस बैठकमा गत २५/२६ चैतमा प्रस्तुत भएको विभिन्न विधेयकको सैद्धान्तिक पक्षमा छलफल, दफाबार छलफल गर्ने कार्यसूची रहेको प्रदेश सभाका सविच रामकुमार पौडेलले जानकारी दिए । उनका अनुसार सदनमा छलफलका क्रममा उठेका विभिन्न विषयहरुलाई समितिमा पठाइनेछ ।
‘सदनमा उठेका विषयहरू समेत समितिमा पठाएर विधेयकमाथि दफाबार छलफल गरिनेछ । त्यहाँबाट प्राप्त सुझावलाई समेटेर छुट्टाछुट्टै प्रतिवेदन तयार पार्नेछौं,’ उनले भने । सत्तारुढ कांग्रेस र एमालेबीच सहमति नहुँदा यस अधिवेशनमा सभामुख चयन प्रक्रिया अगाडि बढ्ने सम्भावना  न्यून छ । ‘एक दिन बैठक राखेर सदनको हिउँदे अधिवेशन अन्त्य गर्ने र केही दिनभित्रमा बजेट अधिवेशन बोलाएर सभामुख चयन गर्ने गरी छलफल अगाडि बढेको छ,’ एक सांसदले भने ।
सत्ताको साँचो हस्तान्तरण गर्ने वा कायमै राख्ने भन्ने विषयमा कांग्रेस र एमालेबीच विवाद रहेको छ । जसको कारणले सभामुख चयन प्रक्रिया र मन्त्रालयको संख्या घटाउने विषय बागमतीमा ओझेलमा परिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...

त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, १५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशूली पुगेका छन् । बाढी प्रभावित...