नेपालले सन्तुलित कूटनीति अपनाउँछ, शान्ति साझा प्राथमिकता हुन्छ: प्रधानमन्त्री बालेन

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २५ चैत । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले सन्तुलित र व्यवहारिक कूटनीति अपनाउँदै शान्तिलाई साझा प्राथमिकतामा राख्ने बताएका छन् । प्रधानमन्त्री बनेपछि पहिलोपटक नेपालस्थित विभिन्न मुलुकका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूलाई संयुक्त रुपमा ब्रिफिङ गरेका थिए ।

प्रधानमन्त्री कार्यालयमा बोलाएर उनले नेपालको परराष्ट्र नीतिको प्राथमिकताबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिलाई दोहोर्‍याउँदै छिमेकी, मित्र राष्ट्र र विकास साझेदारहरूसँग विश्वास, पारस्परिक सम्मान र साझा समृद्धिमा आधारित सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले शान्ति साझा प्राथमिकता हुनुपर्ने भन्दै अहिले विश्वमा चलिरहेको युद्धको अवस्थालाई पनि इंगित गरेका थिए । यस्तो अवस्थामा नेपालले विदेशमा रहेका नेपाली श्रमिक तथा नेपाली समुदायको सुरक्षा र हित सरकारको उच्च प्राथमिकतामा राखेको जानकारी दिए । सरकारले युद्धका कारण पर्न सक्ने समस्याको बारेमा परराष्ट्र मन्त्रालयबाट नियमित जानकारी र ब्रिफिङ लिइरहेको छ । प्रधानमन्त्री शाहले चुनावपछि जनताले गरेको नयाँ अपेक्षालाई पुरा गर्नका लागि सरकार बनेकोले सुशासन, आर्थिक विकास र नेपाली जनताको जीवनस्तर सुधारमा सरकारको दृढ प्रतिबद्धता रहेको धारणा कूटनीतिज्ञहरू समक्ष राखेका थिए ।

सो भेटमा भारत, पाकिस्तान, कोरिया गणराज्य, बेलायत, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बङ्गलादेश, जर्मनी, इजिप्ट, श्रीलङ्का, साउदी अरेबिया, चीन, संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्र सङ्घका राजदूत/नियोग प्रमुखहरूको उपस्थिति रहेको थिए । राजदूत एवं नियोग प्रमुखहरूले प्रधानमन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए ।
उनीहरूले नेपाली जनताको हितमा परिणाम दिने गरी नेपाल सरकारका कार्यहरूमा समर्थन र सहयोगको प्रतिबद्धता समेत व्यक्त रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह, मुख्यसचिव सुमनराज अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई र अन्य सरकारी अधिकारीहरूको पनि उपस्थितिमा भएको ब्रिफिङमा प्रधानमन्त्रीले सबै राजदूतहरूको भनाई सुनेका थिए ।

प्रधानमन्त्री शाहले यसपटक विगतका प्रधानमन्त्री भन्दा केही भिन्न अभ्यास गरे । प्रधानमन्त्रीले व्यक्तिगत रुपमा पनि राजदूतहरूलाई कूटनीतिक ब्रिफिङ गर्नु अघि नै भेट्ने गरेका थिए । तर बालेनले कसैलाई पनि अहिलेसम्म व्यक्तिगत रुपमा भेटेका छैनन् । पराराष्ट्रमन्त्री शिशिर खनालसँग मात्र राजदूतहरूले भेट्न पाएका छन् ।
यसअघि राजदूतहरू गेटक्र्यास नै गरेर प्रधानमन्त्री कार्यालय र निवासमा पुग्ने गरेका थिए। यसपटक कूटनीतिक आचार संहित कडाईकासाथ पालना गर्ने सरकारको योजना छ ।
त्यसैले मन्त्रीहरूलाई पनि प्रोटोकल नाघेर भेटघाट नगर्ने भन्दै बुधबारै परराष्ट्र मन्त्रालयले कूटनीतिक प्रशिक्षण समेत दिएको थियो ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...