ग्यासको आयात बढ्यो

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ९ चैत । फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात भएको छ। बढ्दो मागको कारण उपभोक्ताले सहज ग्यास नपाएको गुनासो गरेपछि अहिले नेपाल आयल निगमले आधा सिलिण्डर ग्यास बिक्री नीति अवलम्बन गरेको छ। तर, यथार्थमा ग्यास आयातमा कमी नआएको तथ्यांकले देखाएको छ।
भन्सार विभागको तथ्यांक  अनुसार फागुनमा ५१ हजार १९२ टन ग्यास आयात भएको छ। यो पुस र माघको तुलनामा उच्च हो। पुसमा ४७ हजार ४६० टन र माघमा ४६ हजार २८५ टन ग्यास भित्रिएको थियो।
सामान्यतया जाडो महिनामा ग्यासको माग बढ्ने गरेको थियो। तर, पुस र माघमा विगतको तुलनामा आयात कम भएको तथ्यांकले देखाएको छ।
खाडीको जारी तनाव र आयातमा आएको कमीका कारण उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन्। यही कारण नेपाल आयल निगम ले २८ फागुनदेखि आधा सिलिन्डर मात्रै वितरण गरिरहेको छ।
गत वर्षको फागुनभन्दा यस वर्ष ३ हजार ४३८ टन बढी ग्यास आयात भएको  भन्सार तथ्यांकले देखाएको छ। समग्रमा हेर्दा चालु आवको साउनदेखि फागुनसम्म कुल ३ लाख ७२ हजार २८२ टन ग्यास आयात भएको छ, जुन गत वर्षको सोही अवधिभन्दा १० हजार १८७ टन बढी हो। कुल आयात र पछिल्लो महिनाको आयात दुवै गत वर्षभन्दा बढी छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...