इद उल फित्र मनाइदै

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ७ चैत । अरबी पात्रोको (इद उल फित्र) पर्व आज देशभरका मुस्लिम समुदायले हर्षोल्लासका साथ मनाइरहेका छन्। हजारी पात्रो अनुसार नवौं महिनामा गरिने एक महिने रोजा (उपवास) समाप्त भएपछि विशेष नमाज अदा गरी, ठूलाबडाबाट आशीर्वाद लिँदै यो पर्व मनाउने परम्परा रहेको छ।
विशेष नमाजपछि तीन दिनसम्म आफन्त तथा ज्येष्ठ सदस्यकहाँ गई आशीर्वाद लिने र साना सदस्यलाई आशीर्वाद दिने चलन छ। पाहुनालाई सेवई, खजुरजस्ता परिकार खुवाउने परम्परा पनि रहेको छ।
यो पर्वमा दानको विशेष महत्व हुन्छ। आफ्नो क्षमताअनुसार दान गरी गरिब तथा दीनदुःखीलाई सहयोग गर्ने भएकाले यसलाई इद उल फित्र भनिएको हो। अरबी पात्रोको नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद मनाउने गरिन्छ।
कुरान अनुसार, प्रत्येक मुस्लिमले आफ्नो वार्षिक बचतको साढे दुई प्रतिशत दान गर्नुपर्ने व्यवस्था छ, जसलाई जकात भनिन्छ। साथै, प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको रकम दान गर्ने चलन छ, जसलाई सत्कार फितर भनिन्छ। यो दान गर्भमा रहेको शिशुको नाममा समेत गर्नुपर्ने मान्यता छ।
एक महिनाअघि सुरु भएको रोजा अवधिभर मुस्लिम समुदायले सूर्योदयदेखि सूर्यास्तसम्म उपवास बस्दै आएका थिए। यसलाई आत्मशुद्धि र पापबाट मुक्ति पाउने माध्यमका रूपमा लिने गरिन्छ। इदको अवसरमा मुस्लिम समुदायले नयाँ लुगा लगाउने, आफन्त तथा साथीभाइसँग भेटघाट गर्ने र शुभकामना साटासाट गर्ने गर्छन्। यस अवसरमा सरकारले सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...

कोरिया मैत्री नगर अस्पतालमा १५ शैयाको मोडुलर आइसियु सेवा सुुरू

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा १५ शैयाको अत्याधुनिक सघन उपचार...

मलेसिया जाने श्रमिकसँग गैरकानूनी शुल्क लिएको आरोपमा चार जना पक्राउ

काठमाडौं, २९ असोज । मलेसियामा वैदेशिक रोजगारीमा जानका लागि स्वास्थ्य परीक्षण गराउने श्रमिकसँग सरकारले तोकेको शुल्कबाहेक अतिरिक्त रकम...