बागमती प्रदेशमा ‘एक जिल्ला एक स्वस्थ सहर कार्ययोजना निर्माणका लागि अभिमुखीकरण कार्यक्रम’ सम्पन्न

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ४ चैत । बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, हेटौंडाको आयोजनामा ‘एक जिल्ला एक स्वस्थ सहर’ कार्ययोजना निर्माणका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रदेश स्वास्थ्य सचिव सुमित्रा गौतमलगायत स्वास्थ्य मन्त्रालयका अधिकारी र सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बागमती प्रदेशका विभिन्न जिल्लाबाट सहभागी हुनुभएका प्रतिनिधिहरूसँग स्वस्थ, सुरक्षित र दिगो सहर निर्माणका लागि आवश्यक कार्ययोजना तयार गर्ने विषयमा छलफल तथा अभिमुखीकरण गरिएको छ।
‘एक जिल्ला एक स्वस्थ सहर’ अभियानमार्फत प्रत्येक जिल्लामा स्वास्थ्य–मैत्री वातावरण निर्माण गर्दै नागरिकहरूको स्वास्थ्य, सरसफाइ तथा जीवनस्तर अभिवृद्धि गर्ने लक्ष्य लिइएको छ। यस अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै स्थानीय तह तथा सरोकारवाला निकायको सक्रिय सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ। ‘एक जिल्ला एक स्वस्थ सहर’ अभियानमार्फत प्रत्येक जिल्लामा स्वास्थ्य–मैत्री वातावरण निर्माण गर्दै नागरिकहरूको स्वास्थ्य, सरसफाइ र जीवनस्तर अभिवृद्धि गर्ने लक्ष्य लिइएको मन्त्री थापा मगरले जानकारी दिएका छन्। यस अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन सबै स्थानीय तह तथा सरोकारवाला निकायको सक्रिय सहकार्य अपेक्षित रहेको समेत जनाएका छन्।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...

कोरिया मैत्री नगर अस्पतालमा १५ शैयाको मोडुलर आइसियु सेवा सुुरू

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा १५ शैयाको अत्याधुनिक सघन उपचार...

मलेसिया जाने श्रमिकसँग गैरकानूनी शुल्क लिएको आरोपमा चार जना पक्राउ

काठमाडौं, २९ असोज । मलेसियामा वैदेशिक रोजगारीमा जानका लागि स्वास्थ्य परीक्षण गराउने श्रमिकसँग सरकारले तोकेको शुल्कबाहेक अतिरिक्त रकम...