ईभी माइक्रो दुर्घटना : मृत्यु हुने ७ जनानै भारतीय नागरिक

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, १ चैत । शनिबार राती गोरखाको मनकामनामा भएको इभी माइक्रोभ्यान दुर्घटनामा मृत्यु हुने सबै तीर्थयात्री भारतीय रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मनकामनाको पूजा गरी फर्कने क्रममा उनीहरू सवार बाग्मती प्रदेश १-००६ ख ८४३० नम्बरको माइक्रो बस सहिद लखन गाउँपालिका- ३ कानटार नजिककैको भीरबाट  खस्दा सात जनाको मृत्यु भएको थियो।

मृत्यु हुनेहरूमा भारतीय नागरिक ५८ वर्षीय मुतु कुमार, ५८ वर्षीय अनामलिक, ५९ वर्षीय मिनाक्षी, ५३ वर्षीया शिवगामी, ५७ वर्षीया विजायल, ५८ वर्षीया मिना र ६० वर्षीया तमिलारशी रहेको प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिए। १६ जना सवार सो माइक्रोबसमा ११ जना महिला र ५ जना पुरुष रहेका थिए। चालक र सहचालक बाहेक सबै भारतीय नागरिक रहेको उनले बताए।
घाइते ९ जनाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ। मृतकहरुको शव प्रदेश अस्पताल गोरखामा राखिएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Helio School
Helio School

सम्बन्धित लेखहरू

प्रधानमन्त्रीले नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नू गम्भीर राष्ट्रघात : नेकपा

काठमाडौं, १८ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभामा प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धमा व्यक्त गरेको धारणा...

काठमाडौं महानगरको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण 

काठमाडौं, १८ जेठ । काठमाडौं महानगरपालिकाले आइतबार (जेठ १७ गते) लिएको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना...

बजेटको आकार घटाउँदै बागमती प्रदेश सरकार

मकवानपुर, १८ जेठ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणका लागि मन्त्रालयहरुलाई बजेटको सिलिङ...

प्रधानमन्त्री बालेन्द्र शाहको भनाइमा परराष्ट्रको प्रस्टीकरण

काठमाडौं, १८ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधिसभा बैठकमा 'नेपालले पनि भारतको जग्गा मिचेको छ' भनेर दिएको...