हेटौंडा अस्पतालको नयाँ भवन उद्घाटन, तीन वटा ब्लकबाट सेवा विस्तारको तयारी

Date:

Share post:

Suryabinayak Nagarpalika

मकवानपुर, २८ फागुन ।  मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालको नवनिर्मित भवनको औपचारिक रुपमा उद्घाटन गरिएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँ, स्वास्थ्यमन्त्री किरण थापा मगर, पूर्व-मुख्यमन्त्री डोरमणि पौडेललगायतले संयुक्त रुपमा बिहीबार आयोजित कार्यक्रममा भवन उद्घाटन गरेका छन् ।

२८ करोड ५४ लाख ६३ हजार रुपैयाँ लागतमा निर्माण गरिएको तीन वटा ब्लकको आधुनिक भवन निर्माण कार्य पूरा भएसँगै अस्पतालले सेवा विस्तारको तयारी थालेको छ। नयाँ संरचना सञ्चालनमा आएपछि अस्पतालमा २ सय नयाँ बेड थपिने र स्वास्थ्य सेवा थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।
सहरी विकास तथा भवन कार्यालय हेटौंडाले निर्माण गरिएको उक्त नयाँ भवन तीन वटा ब्लकमा विभाजित छ। प्राविधिक जानकारी अनुसार एक ब्लक अण्डरग्राउण्डसहित ६ तले र बाँकी दुई ब्लक ५-५ तले संरचनामा निर्माण गरिएको छ।भवनमा आधुनिक स्वास्थ्य सेवाका लागि आवश्यक पूर्वाधार समेटिएको छ। लिफ्ट जडान, महिला/ पुरुषका लागि छुट्टाछुट्टै शौचालय, हावादार वार्ड, फायर सेफ्टी प्रणाली, सीसीटीभी निगरानी, आधुनिक इलेक्ट्रिकल र स्यानिटरी प्रणाली जडान गरिएको छ। साथै भवन भूकम्प प्रतिरोधी प्रविधि प्रयोग गरेर निर्माण गरिएको छ। नयाँ भवन सञ्चालनमा आएपछि अस्पतालको सेवा व्यवस्थापन अझ व्यवस्थित हुने प्रतिष्ठानका उपकुलपति डाक्टर प्रदिप ज्ञवालीले बताए । ज्ञवालीका अनुसार यस २ सय बेढको अस्पतालमा बिशेषज्ञ सेवाहरु ओपीडी सेवा, आकस्मिक कक्ष, भर्ना सेवा, प्रयोगशाला, एक्स-रे, फार्मेसी र प्रशासनिक कक्षलाई फरक-फरक संरचनामा व्यवस्थित गरिनेछ।

हाल अस्पतालमा ३ सय शैय्या क्षमता रहेको छ तर, बिरामीको चाप बढ्दै जाँदा उपलब्ध बेडहरू प्रायः भरिने अवस्था रहेको अस्पताल प्रशासनले जनाएको छ। नयाँ भवन सञ्चालनसँगै २ सय बेड थपिने र अस्पतालको कुल क्षमता ५ सय बेड पुग्नेछ। प्रतिष्ठानका उपकुलपति डा. ज्ञवालीका अनुसार नयाँ संरचना सञ्चालनमा आएपछि सघन उपचार सेवा, प्रसुती वार्ड, शल्यक्रिया कक्ष र विशेषज्ञ सेवाहरू विस्तार गर्न सहज हुनेछ।
उनका अनुसार अस्पतालले अब डायलासिस सेवा विस्तार गर्ने तयारी गरिरहेको छ। अहिले धेरै बिरामीहरू मृर्गौला उपचारका लागि चितवन वा काठमाडौँ जानुपर्ने बाध्यता रहेको छ। नयाँ भवन सञ्चालनसँगै त्यस्तो समस्या कम हुने अपेक्षा गरिएको छ। अस्पताल प्रशासनले आगामी दिनमा मृगौला प्रत्यारोपण सेवा सञ्चालन गर्ने लक्ष्य समेत राखेको छ। यस्तो सेवा प्रदेशमै सीमित अस्पतालहरूमा मात्रै उपलब्ध रहेको अवस्थामा हेटौंडामा समेत सञ्चालन गर्ने तयारी थालिएको जनाइएको छ।
यसका साथै मुटुरोग विशेषज्ञ सेवा, कार्डियाक केयर, महिला तथा प्रसूति सेवा, शल्यक्रिया सेवा तथा मानसिक स्वास्थ्य सेवा समेत थप विस्तार गर्ने योजना रहेको बताइएको छ।
उपकुलपति डा.ज्ञवालीका अनुसार अस्पताललाई केवल सामान्य उपचार केन्द्रमा सीमित नराखी विशेषज्ञ तथा जटिल रोगहरूको उपचार हुने क्षेत्रीय स्वास्थ्य केन्द्रका रूपमा विकास गर्ने रणनीति अघि बढाइएको छ।
हेटौंडा अस्पताल लामो समयदेखि क्षेत्रीय स्तरको प्रमुख स्वास्थ्य सेवा केन्द्रका रूपमा रहेको छ। तर, बिरामीको संख्या बढ्दै गए पनि भौतिक पूर्वाधारको अभावका कारण सेवा विस्तारमा चुनौती देखिँदै आएको थियो।
अब नयाँ भवन सञ्चालनमा आएपछि बिरामीको चाप व्यवस्थापन गर्न सहज हुने, उपचार सेवा थप प्रभावकारी हुने तथा विशेषज्ञ सेवा विस्तार गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।
भवन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै पूर्वाधार विकासलाई तीव्रता दिएको बताए। उनले नयाँ संरचनाले हेटौंडा मात्र नभई आसपासका जिल्लाका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
नयाँ भवनका ढोका खुल्न थालेसँगै अब हेटौंडा अस्पताल केवल उपचारको केन्द्र मात्र नभई आशा र भरोसाको केन्द्र बन्ने अपेक्षा गरिएको छ। यहाँबाट सेवा विस्तार भएसँगै सयौं बिरामीले सहज उपचार पाउने विश्वास गरिएको छ, जसले बागमती प्रदेशको स्वास्थ्य सेवामा नयाँ अध्याय सुरु गर्ने देखिएको छ।
कार्यक्रममा बागमती प्रदेशका पुर्ब मुख्यमन्त्री डोरमणि पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डाक्टर दिनेशचन्द्र देवकोटा, स्वास्थ्य मन्त्री किरण थापा, बागमती प्रदेशसभा सदस्य एका लाल श्रेष्ठ, प्रतिष्ठानका रजिष्टार भिम सागर गुरागाईंलगायतको उपस्थित रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कागेश्वरीकी इन्जिनियर दिपा कार्की ६४ हजार घुससहित पक्राउ

काठमाडौं, १६ भदौ । कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर दिपा कार्की ६४...

बोडेमा ऐतिहासिक निलबाराही नाच प्रदर्शन

भक्तपुर, १६ भदौ । मध्यपुरथिमि नगरपालिकास्थित बोडेमा ऐतिहासिक नीलबाराही नाच प्रदर्शन गरिएको छ । हरेक वर्ष भाद्र द्वितीयादेखि...

रसुवा बाढी अपडेट : बेत्रावतीमा एक घरमा २४ वटा शव फेला

काठमाडौं, १६ भदौ । नुवाकोटको विदुर नगरपालिका-१० स्थित बेत्रावती रहेको एउटै घरमा २४ वटा शव फेला परेको छ।...

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...