निर्वाचन आचारसंहिता पालना गर्न प्रेस काउन्सिलको अनुरोध

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १९ फागुन । प्रेस काउन्सिल नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा मौन अवधिमा निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई अपिल गरेको छ । काउन्सिलले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दल तथा उम्मेदवारले प्रचार गर्न पाउने समय सोमबार राति १२ बजेसम्म मात्र रहेको र त्यसपछि मौन अवधि (स्थिर समय) सुरु हुने जनाएको छ ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा २५(५) बमोजिम मतदान हुने दिनभन्दा ४८ घण्टाअघि देखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रभाव पार्ने किसिमका समाचार, लेख, विश्लेषण, अन्तर्वार्ता, टिप्पणी तथा प्रचारात्मक सामग्री प्रकाशन/प्रसारण गर्न नपाइने व्यवस्था रहेको काउन्सिलले स्मरण गराएको छ ।
काउन्सिलले मौन अवधिमा राजनीतिक दल तथा उम्मेदवारसँग सम्बन्धित प्रचार सामग्री, सभा सम्मेलनका समाचार, तस्बिर, चुनाव चिन्ह अंकित सामग्री, श्रव्यदृश्य सामग्रीलगायत कुनै पनि किसिमका प्रचारात्मक विषयवस्तु प्रकाशन वा प्रसारण नगर्न आग्रह गरेको छ ।

मौन अवधिमा आचारसंहिता उल्लंघन भएमा पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन २०७६) तथा निर्वाचन आचारसंहिता, २०८२ बमोजिम कारबाही प्रक्रिया अघि बढाइने काउन्सिलले जनाएको छ । साथै, आचारसंहिता उल्लंघनका विषय सञ्चारमाध्यमको अभिलेखीकरण, वर्गीकरण तथा लोककल्याणकारी विज्ञापन सिफारिस प्रक्रियामा समेत आधार बन्न सक्ने चेतावनी दिएको छ ।
काउन्सिलले निर्वाचनको मौन अवधिमा थप संवेदनशील, सजग र जिम्मेवार भई आचारसंहिता पालना गर्न सम्पूर्ण सञ्चारमाध्यम, पत्रकार, सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...