भक्तपुर एमालेको निर्वाचन केन्द्रीत प्रतिबद्धता पत्र सार्वजनिक

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, ११ फागुन । नेकपा (एमाले) निर्वाचन परिचालन कमिटी, भक्तपुरले आईतबार नेकपा एमाले भक्तपुरको प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । नेकपा (एमाले) का सचिव एवं भक्तपुर क्षेत्र नं-२ का प्रतिनिधि सभा उम्मेदवार महेश बस्नेत, क्षेत्र नं. १ का उम्मेदवार सोम मिश्र, नेकपा एमाले जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष किरण थापा, प्रचार विभाग प्रमुख, दुवै क्षेत्रका निर्वाचन परिचालन समितिका पदाधिकारीलगायतले एक समारोहबीच संयुक्त रुपमा प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।

एमालेको प्रतिबद्धता पत्रमा पूर्वाधार, रोजगार, पर्यटन, स्वास्थ्य र शिक्षालाई केन्द्रबिन्दुमा राखेको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई भक्तपुरबाट पूरा गर्ने उदघोष गर्दै एमाले सचिव एवं भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेतले विगतको कार्यकालमा एमालेले सुरु गरेर पूर्वाधार विकासका धेरै आयोजनाहरु पुरा गरेको बताउदै अब अधुरा योजनालाई पूर्णता दिने प्रतिबद्धतासहित पूर्वाधार, रोजगार, पर्यटन, स्वास्थ्य र शिक्षाको थप विकासलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । ‘हामी र हाम्रा कार्यक्रम पार्टीमुखी होइनन्, जनमुखी छन् । भक्तपुर क्षेत्र नं.२ का जनतामा म विकासप्रेमी, कर्मशील, निडर र साझा उम्मेदवारको रूपमा आएको छु । विगत तीन वर्षमा भक्तपुरले भोगेको रिक्ततालाई अब पुरा गर्नेछु,’ महेश बस्नेतले प्रतिबद्धता व्यक्त गरे ।

भक्तपुरलाई विकासको मानक बनाउने दाबी गर्दै यसपटक वीर अस्पताललाई भक्तपुरमा स्थानान्तरण गर्ने देखि मध्यपुरथिमिमा रात्रीकालीन बजार सञ्चालन गर्ने, ख्वप विश्व विद्यालयलाई साँस्कृति विश्व विद्यालयको रुपमा विकास गर्ने, देशकै जेठो भक्तपुर अस्पतालमा चिकित्सा अध्ययन प्रतिष्ठान स्थापना गर्ने पहल गर्ने, सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरको रूपमा विकास गर्ने र नेपाल–कोरिया मैत्री अस्पतालको स्तरोन्नति गर्ने, भक्तपुर र मध्यपुरथिमि नगर क्षेत्रमा रात्रीकालिन पर्यटने विकास गर्ने,<span;>भक्तपुरका डाँडाहरूलाई समेटेर विशेष पर्यटकीय प्याकेज ल्याउने प्रतिबद्धता पत्रमा उल्लेख छ । यसअघि सांसद हुँदा र मन्त्री हुँदा भक्तपुरको सडक, पुल, भूकम्पले भत्किएका विद्यालय भवन पुननिर्माण, सम्पदा पुर्ननिर्माण विकास एवं विस्तार गरेको, सूर्यविनायक-धुलिखेल सडक निर्माण सम्पन्न गराउन पहल गर्नेदेखि युवाको सीप र सोचाईलाई रोजगारीसंग जोडेर लैजाने जस्ता विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।

पेप्सीकोला-सानोथिमि-सल्लाघारी सडक विस्तार, अरनिको राजमार्गको सौन्दर्यीकरण र कोटेश्वरको ट्राफिक जाम कम गर्न जडिबुटी-मनोहरा करिडोरमा बेलब्रिज सञ्चालनलाई प्राथमिकतामा राखिएको, भक्तपुरको खानेपानी समस्या समाधान गर्न ‘एक घर एक धारा’ अभियानलाई निरन्तरता दिने प्रतिवद्धता पत्रमा उल्लेख गर्दै यसका लागि ‘वाटर बैंकिङ’ को अवधारणा कार्यान्वयन गर्ने र स्मार्ट ट्वाइलेटहरू निर्माण गर्ने नयाँ योजना अघि सारिएको छ ।
आफ्नो अघिल्लो कार्यकालमा भक्तपुरमा विकासको कायापलट गरेको दाबी गर्दै बस्नेतले सोही जगमा टेकेर बाँकी काम पूरा गर्न मत मागेका बताउँदै अब सूर्यविनायक क्षेत्रमा अधूरो रहेको स्मार्ट सिटीलाई कि पूर्णता दिने मात्र नभएर जग्गा रोक्का फुकुवा गर्ने गरि तीव्र गतिमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बस्नेतले प्राविधिक शिक्षालाई जोड दिँदै ‘एक पालिका, एक प्राविधिक शिक्षालय’ को अवधारणा ल्याएका छन्। सामुदायिक क्षेत्रमा ‘पोलिटेक्निक कलेज’ स्थापना गर्ने र ‘एक घर एक स्नातक’ अभियानको लक्ष्य लिने उनले बताएका छन्। युवाहरूलाई रोजगारीसँग जोड्न स्वरोजगार उन्मुख कार्यक्रम ल्याउने उनको योजना छ।
सहरी विकासतर्फ गठ्ठाघरमा पाँच हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउने र परम्परागत बस्तीलाई जोगाउँदै नयाँ क्षेत्रमा ‘ल्यान्ड पुलिङ’ मार्फत स्मार्ट सिटीको विकास गर्ने योजना प्रतिवद्धता पत्रमा समेट्दै एमाले सचिव महेश बस्नेतले विगतमा हनुमन्ते कोरिडोर निर्माण, ५ अर्ब ५० करोडको सडक, रंगशाला निर्माण र दर्जनौं पुल निर्माणलाई आफ्नो सफलताको रूपमा प्रस्तुत गरेका छन् ।

२०७४ सालमा तीन वटै तहमा एमालेका प्रतिनिधि निर्वाचित हुँदा भएका विकासका गौरवपूर्ण कार्यहरु, सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन, ढल, पुल, सांस्कृतिक सम्पदाको विकास र प्रवर्दन गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ । आगामी पाँच वर्षमा भक्तपुरको दिर्घकालीन रणनीति, आर्थिक विकास, सामाजिक विकास तथा उत्पादन, कला, संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य, खेलकुद, उद्योग, स्मार्ट सिटी, सूचना प्रविधिलगातयतका कार्यहरुलाई रोजगारीसँग जोड्ने महत्वकांक्षी योजनाहरु प्रतिबद्धता पत्रमा समेटीएकाे छ ।

त्यसैगरी, कार्यक्रममा भक्तपुर क्षेत्र नं. १ का उम्मेदवार एवं एमाले नेता सोम मिश्रले प्रतिबद्धता पत्र सार्वजनिकमा बोल्दै भक्तपुरमा जनताको सहज पहुँचमा रहने गरी सरकारी तथा गैरसरकारी सेवा विस्तार, सुशासन कायम, शान्तिसुरक्षा, युवा तथा महिला सशक्तीकरण, कृषि तथा रैथाने उत्पादनको बजार प्रवर्द्धन, सूचना प्रविधिको विकास, विपद् व्यवस्थापन, पर्यावरण तथा बन संरक्षण लगायतका कुराहरुलाई विस्तृतमा समेटिएको बताएका छन । भक्तपुर क्षेत्र नं. १ मा सिंहदरबारमा पहुँच पुर्‍याएर सम्पूर्ण क्षेत्र विकासमा फड्को मार्न सक्ने नेतृत्व एमालेसँग भएको बताएका छन् ।
कार्यक्रममा एमाले जिल्ला अध्यक्ष बचन देउजाले एमालेले घोषणा पत्रमा रहेका कामलाई पूर्णता दिने बताउँदै यसअघिको कार्यकालमा एमालेले ल्याएको विकासको आधिबेहरीलाई हेरेर विश्वास गर्न आग्रह गरेका छन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...