भन्सार छली ल्याएको ५० बोरा सुपारी सहित गाडी चालक पक्राउ

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, ८ फागुन । भन्सार छली ल्याएको ५० बोरा सुपारी सहित गाडी चालक पक्राउ परेका छन् । बिहीबार राति काठमाडौं नागार्जुन नगरपालिका-४ सितापाईलास्थित प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले धादिङ गल्छी गाउँपालिका-२ का २२ वर्षीय राम शरण बिसुन्केले चलाएको बा.प्र. ०२-०२५ च ०३९७ नम्बरको गाडी चेकजाँच गर्ने क्रममा उक्त सुपारी फेला पारेको हो ।

प्रहरीले करिब ४ लाख रूपैयाँ बराबरको ५० बोरा (१००० किलोग्राम) भन्सार छली गरि ल्याएको सुपारी सहित बिसुन्केलाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरी प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए । सामान सहित  गाडी चालक बिसुन्केलाई आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Helio School
Helio School

सम्बन्धित लेखहरू

प्रधानमन्त्रीले नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नू गम्भीर राष्ट्रघात : नेकपा

काठमाडौं, १८ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभामा प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धमा व्यक्त गरेको धारणा...

काठमाडौं महानगरको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण 

काठमाडौं, १८ जेठ । काठमाडौं महानगरपालिकाले आइतबार (जेठ १७ गते) लिएको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना...

बजेटको आकार घटाउँदै बागमती प्रदेश सरकार

मकवानपुर, १८ जेठ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणका लागि मन्त्रालयहरुलाई बजेटको सिलिङ...

प्रधानमन्त्री बालेन्द्र शाहको भनाइमा परराष्ट्रको प्रस्टीकरण

काठमाडौं, १८ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधिसभा बैठकमा 'नेपालले पनि भारतको जग्गा मिचेको छ' भनेर दिएको...