पत्रकारले साँचो र सत्य कुरा उजागर गर्नुपर्छ : बिजुक्छें

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २४ माघ । नेपाल मजदूर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेंले पत्रकारहरूले देश र जनताको पक्षमा बोल्न र लेख्न हिच्किचाउन नहुने बताएका छन् । भक्तपुरमा शुक्रबार आयोजित रफत सञ्चार क्लबकाे वार्षिकाेत्सव कार्यक्रममा अध्यक्ष बिजुक्छेंले पत्रकारहरूले देश हितमा साँचो र सत्य कुरा बोल्न सक्नुपर्ने र पत्रकारिता क्षेत्र आफ्नो कर्तव्यबाट च्युत भए देश र जनताको अहित हुने बताए ।
कार्यक्रममा उनले कुनै बेला आफूले पनि पत्रकारिता गरेको र रिर्पोटिङ गर्न जाँदा तत्कालीन समयमा प्रहरीको लाठीप्रहार सहनु परेको स्मरण गरे । उनले भने, ‘पत्रकारहरूले साँचो कुरा र बोल्न र लेख्न पछि पर्न हुँदैन । यदि यो कर्तव्यप्रति च्यूत भएमा देश र जनताको अहित हुन जान्छ ।’
उनले पत्रकारहरूले इमानदार भएर कर्तव्य पूरा गरेमा समाज उत्साहित हुने र समाजलाई सुदृढ गर्न सकिने बताए । अध्यक्ष बिजुक्छेंले पत्रकारहरू अध्ययनशील भएर अगाडि बढेमा समाजप्रतिको आफ्नो कर्तव्य पूरा हुने उल्लेख गरे । उनले पत्रकारहरूले नै रुसी क्रान्ति, दोस्रो विश्वयुद्धमा खसालिएको आणविक बमको असरको यथार्थ स्थिति बारे प्रकाश पारेर संसारलाई जानकारी गराएको प्रसंग सुनाए ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले पत्रकारले राजनीतिक दल र व्यक्ति विशेष हुनुभन्दा मूलुकको हितमा कलम चलाउनु पर्ने बताएका छन् । ‘पत्रकारले राजनीतिक दल विशेष, व्यक्ति विशेष गर्दा कमजोरी पो हुन्छ कि सोच्नुपर्छ,’ उनले भने ।पत्रकारहरूकै कारण भक्तपुरलाई विश्वमा चिनाउने काम भएको समेत उनले बताए ।

त्यसैगरी, राससका अध्यक्ष एवं नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष धमेन्द्र झाले पत्रकारले आस्थाका आधारमा मत माग्दै हिड्न नहुने र राजनीति गर्न नहुने बताएका छन् । ‘पत्रकारलाई चुनाव जित्नु पर्दैन, मत माग्नु पर्दैन,’ उनले भने, ‘उम्मेदवार भएकाहरू पत्रकार होइन ।’
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले रफत संचार क्लब, पुरस्कृत हुने पत्रकार र व्यवसायीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । क्लबले आफ्नो वार्षिकोत्सबको अवसरमा राससका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठ, कैलाश खबरका पत्रकार विनोद विश्वकर्मा र ख्वप अस्पतालका हार्डजोर्नी विशेषज्ञ डा.मनिष प्रधानाङ्गलाई सम्मान गरेको छ भने, पर्यटन प्रर्वदनको क्षेत्रमा सेवा पुर्‍याउने पर्यटन व्यवसायी रामसुन्दर बके र रामजी अवाललाई सम्मान गरेको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...