तत्काल १४ अर्बको व्यवस्था नभए स्वास्थ्य बिमा बन्द हुने

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौँ, २२ माघ । तत्काल १४ अर्ब बजेटको व्यवस्था नभए स्वास्थ्य बिमा कार्यक्रम बन्द हुने अवस्थामा पुगेको छ। स्वास्थ्यमन्त्री डा‍‍. सुधा शर्माले बुधबार भएको छलफलमा प्रधानमन्त्री सुशीला कार्की र अर्थ सचिव घनश्याम उपाध्यायसँग त्यो रकमको व्यवस्थापन नभए बिमा कार्यक्रम बन्द हुने भन्दै त्यसका लागि अनुमित दिन आग्रह गरेकी थिइन्। तर, अर्थ मन्त्रालयले भने त्यत्रो रकम निकासा गर्न नसकिने स्पष्ट सन्देश दिएको छ । ‘यही वर्ष पनि १० अर्ब दिइसकेका छौं, थप बजेट दिन सकिँदैन,’ अर्थ सचिव घनश्याम उपाध्यायको जवाफ थियो, ‘बिमा कार्यक्रम सञ्चालनमा सुधार गर्ने उपाय खोज्नुपर्छ, बिमा कार्यक्रम बिमा जस्तो भएको छैन।’
अहिले स्वास्थ्य बिमा बोर्डले ५ सय १० अस्पताललाई बिमाअन्तर्गत उपचारको करिब १४ अर्ब भुक्तानी गर्न बाँकी छ । बोर्डको वार्षिक बजेट करिब २६ अर्ब ५९ करोड पुगेको छ । गएको आर्थिक वर्ष बोर्डले स्वास्थ्य बिमामा २३ अर्ब रुपैयाँको दायित्व बोकेको थियो । तर, बिमा प्रिमियमबाट पौने ४ अर्ब मात्रै संकलन भएको थियो ।

सरकारले २०८०/०८१ सम्म वार्षिक ७ देखि १० अर्बसम्म अनुदान दिँदै आएको थियो । चालु आर्थिक वर्षका लागि छुट्याएको १० अर्ब सकिएर बोर्डले थप १ अर्ब पनि खर्च गरिसकेको छ । बजेट अभावमा बिमा कार्यक्रम नै बन्द हुने अवस्था आएपछि प्रधानमन्त्री सुशीला कार्कीले भने ऋण गरेर भए पनि यसलाई निरन्तरता दिनुपर्ने बताएकी छन् । स्वास्थ्य बिमा बोर्डसँग भएको छलफलमा उनले निमुखा नागरिकको स्वास्थ्य उपचार गर्ने दायित्व सरकारको भएकाले ऋण खोजेर भए पनि निरन्तरता दिनुपर्ने उल्लेख गरिन् । यसबारे अर्थमन्त्रीसँग समेत छलफल गरेर निकास निकाल्नुपर्ने उनको भनाइ छ। ‘अनिकाल लागे बालबच्चाको मुन्द्रा (गहना), भाँडाकुँडा बेचेर पनि अनिकाल टार्नुपर्छ,’ कार्कीले भनिन्, ‘स्वास्थ्य बिमा पनि त्यस्तै भएको छ । यसमा अनियमितता भएको पनि सुनेको छु । स्वास्थ्य बिमा कसैलाई व्यापार, कसैलाई अपार हुनु हुँदैन। निमुखाले निःशुल्क सुविधा पाउने व्यवस्था पनि गर्नुपर्छ ।’ तर, यत्रो स्रोतको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्नेबारे चाहिँ उनले केही पनि खुलाएकी छैनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कागेश्वरीकी इन्जिनियर दिपा कार्की ६४ हजार घुससहित पक्राउ

काठमाडौं, १६ भदौ । कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर दिपा कार्की ६४...

बोडेमा ऐतिहासिक निलबाराही नाच प्रदर्शन

भक्तपुर, १६ भदौ । मध्यपुरथिमि नगरपालिकास्थित बोडेमा ऐतिहासिक नीलबाराही नाच प्रदर्शन गरिएको छ । हरेक वर्ष भाद्र द्वितीयादेखि...

रसुवा बाढी अपडेट : बेत्रावतीमा एक घरमा २४ वटा शव फेला

काठमाडौं, १६ भदौ । नुवाकोटको विदुर नगरपालिका-१० स्थित बेत्रावती रहेको एउटै घरमा २४ वटा शव फेला परेको छ।...

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...