डिजेल र मट्टीतेलको मूल्य बढ्यो, पेट्रोल र ग्यासको मूल्य यथावत

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १८ माघ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको छ । निगम सञ्चालक समितिको निर्णयअनुसार बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ ।

निगमका अनुसार पेट्रोल र खाना पकाउने एलपी ग्याँसको मूल्य भने परिवर्तन गरिएको छैन । यससँगै हवाई इन्धनको मूल्य आन्तरिक उडानतर्फ प्रतिलिटर १ रुपैयाँले घटाइएको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर ७ अमेरिकी डलरले घटाइएको छ । पोखरा र भैरहवाका लागि भने अन्तर्राष्ट्रिय हवाई इन्धन ब्रेक–इभन बिन्दुमा कायम गरिएको निगमले जनाएको छ ।

इन्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य सूची प्राप्त भएपछि निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो । निगमका अनुसार भारतबाट पेट्रोल प्रतिलिटर ०.१२ रुपैयाँ, डिजेल ४.६६ रुपैयाँ र एलपी ग्याँस प्रतिसिलिन्डर ४५.४९ रुपैयाँ बढेर आएको थियो । यद्यपि, उपभोक्तामाथि अतिरिक्त भार नपरोस् भन्ने उद्देश्यले पेट्रोल र ग्याँसको मूल्य यथावत् राखी डिजेल र मट्टितेलमा मात्र आंशिक वृद्धि गरिएको निगमले स्पष्ट पारेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...

त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, १५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशूली पुगेका छन् । बाढी प्रभावित...