‘जेन-जी’ आन्दोलनमा भएको दमनको हिसाब मतदाताले निर्वाचनबाट खोज्नेछन्: नेता प्रजापति

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, १७ माघ । नेपाली कम्युनिस्ट पार्टीले मध्यपुर थिमि नगरपालिकाको ऐतिहासिक एवं सांस्कृतिक नगरी नगदेशको न्याचामा आफ्नो चुनावी सम्पर्क कार्यालय स्थापना गरेको छ। आगामी निर्वाचनको तयारीलाई लक्षित गर्दै आयोजित एक कार्यक्रमका बीच पार्टीले सो कार्यालयको उद्घाटन गरेको हो।
​कार्यक्रममा भक्तपुर क्षेत्र नं.२ का समानुपातिक उम्मेदवार दिलिप कुमार प्रजापतिले आसन्न निर्वाचन जनताले चाहेर नभई अघिल्लो सरकारको गलत निर्णय र दमनकारी नीतिका कारण निम्तिएको बाध्यात्मक परिस्थिति भएको बताएका छन्। ‘सरकारको गलत निर्णयले गर्दा देशले कहिल्यै देख्न नचाहेको दुखद मोड देख्नुपर्‍यो। जेन-जी आन्दोलनमा उत्रिएका नवजवान युवाहरूले ज्यान गुमाउनु पर्ने र हजारौँ घाइते हुनुपर्ने अवस्था सिर्जना भयो। यस्तो पीडादायक घटनाको पुनरावृत्ति हुन नदिन मतदाताले अब सहि र गलत चिन्नै पर्छ,’ उनले भने ।लोडसेडिङ अन्त्य गर्ने र भ्रष्टाचारीमाथि कारबाहीको डण्डा चलाउने नेपाली कम्युनिस्ट पार्टीलाई नै यस पटक जनताले विजय गराउने उनको विश्वास छ ।

​कार्यक्रममा भक्तपुर क्षेत्र नं.२ बाट प्रत्यक्षतर्फका उम्मेदवार एवं नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य राम प्रसाद सापकोटाले आफू सधैँ जनताको सुख-दुःखमा साथै रहेको र आगामी दिनमा पनि जनताकै बीचमा रहेर सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘म हिजो पनि जनताको सेवामा समर्पित थिएँ, आज पनि छु र भोलि पनि सदैव जनतासँगै रहनेछु। हाम्रो उम्मेदवारी पदका लागि मात्र नभई जनसेवा र यो क्षेत्रको समग्र विकासका लागि हो,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...

त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, १५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशूली पुगेका छन् । बाढी प्रभावित...