टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, १५ माघ । कमलविनायक-च्याम्हासिंह सडकखण्ड अन्तर्गत भक्तपुर नगरपालिका-१० कमलविनायक बसपार्क नजिकै बुधबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने, एक जना घाइते भएका छन् । कमलविनायकबाट च्याम्हासिंहतर्फ आउँदै गरेको बा ५५ प १७४५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई लडेको र सोही क्रममा पछाडिबाट आइरहेको बागमती प्रदेश ०२-०२० प ११६८ नम्बरको स्कुटर मोटरसाइकलमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ। त्यसपछि विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३-०१-००३ क ६२९१ नम्बरको टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा स्कुटर चालक भक्तपुर नगरपालिका-८ निवासी २६ वर्षीय विमल वनमाला गम्भीर घाइते भई उपचारका लागि भक्तपुर अस्पताल लगिएको र उपचारकै  क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक भक्तपुर नगरपालिका-७ इनाचो निवासी २४ वर्षीय राजेश वनमाला घाइते छन् । उनको बायाँ खुट्टामा फ्र्याक्चर भएको र  थप उपचारका लागि भक्तपुर अस्पतालबाट बी एण्ड बी अस्पताल रिफर गरिएको जनाएको छ।
दुर्घटनापछि फरार टिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय राजकुमार माझीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । दुर्घटनामा संलग्न तीनै सवारी साधन प्रहरी वृत्त जगातीको नियन्त्रणमा रहेकाे छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...