मध्यपुर थिमिको ‘ध्वाक्सी गणेश मन्दिर’ पुनर्निर्माण सुरू

Date:

Share post:

Changunarayan Nagarpalika

भक्तपुर, ९ माघ । मध्यपुर थिमि नगरपालिकाले सांस्कृतिक सम्पदा संरक्षण र पर्यटकीय पूर्वाधार विकासको अभियानलाई तीव्रता दिएको छ। यसै क्रममा वडा नं. ७ स्थित ऐतिहासिक ‘ध्वाक्सी गणेश मन्दिर’ को पुनर्निर्माण कार्य औपचारिक रूपमा सुरु गरेको छ। शुक्रबार एक विशेष समारोहका बीच नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजय कृष्ण श्रेष्ठ, वडा अध्यक्ष कृष्ण कुमार, वडा सदस्यहरू शर्मिला विश्वकर्मा र भक्तराज आचार्य लगायतको उपस्थितिमा मन्दिरको जग पूजा तथा शिलान्यास गरेको छ । कार्यक्रममा नगदेशबासीको उत्साहप्रद उपस्थिति रहेको छ। नेवारी परम्परा र संस्कृतिलाई पछ्याउँदै स्थानीय बासिन्दाहरूले मन्दिरको जगमा राख्नका लागि पुराना सिक्काहरू र तामाका भाँडाकुँडाहरू श्रद्धापूर्वक अर्पण गरेका छन् । धार्मिक मान्यता अनुसार मन्दिरको जगमा यस्ता धातु र सिक्काहरू अर्पण गर्नाले शुभ हुने जनविश्वास रहिआएको छ।
कार्यक्रमको शिलान्यास गर्दै नगरप्रमुख सुरेन्द्र श्रेष्ठले सम्पदाहरूको संरक्षणले नै नगरको पहिचान जीवन्त राख्ने बताए। स्थानीय कला र संस्कृति जोगिए मात्र नगरको मौलिकता बच्ने र यसले भविष्यमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा समेत ठूलो टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।
त्यस्तै, नगरउपप्रमुख विजय कृष्ण श्रेष्ठले मध्यपुर थिमिका पुरातात्त्विक सम्पदाहरूलाई अक्षुण राख्दै नगरलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको बताएका छन्। उनले ध्वाक्सी गणेश मन्दिरको पुनर्निर्माणले यो लक्ष्य प्राप्तिमा महत्त्वपूर्ण सघाउ पुर्‍याउने उल्लेख गरे। धवाकासी परिसरमा एकीकृत विकासको योजना बारे जानकारी दिँदै उपप्रमुख श्रेष्ठले मन्दिरसँगै रहेको कलात्मक फल्चा (पाटी) को निर्माण कार्य गत आर्थिक वर्ष २०८१/०८२ मा नै सफलतापूर्वक सम्पन्न भइसकेको जानकारी दिए ।
चालूआर्थिक वर्ष भित्रै यसै ध्वाकासी परिसरमा ऐतिहासिक ‘ध्वाका’ (प्रवेशद्वार) पुनर्निर्माणका लागि नगरपालिकाले २५ लाख रुपैयाँ विनियोजन गरेको छ। यसै क्षेत्रमा बालबालिकाका लागि चिल्ड्रेन पार्क निर्माण गर्न समेत बजेटको व्यवस्था गरिएको जनाएको छ। ​’यी परियोजनाहरू सम्पन्न भएपछि ध्वाकासी परिसरको समग्र मुहार फेरिने र यो क्षेत्र स्थानीय तथा बाह्य पर्यटकका लागि आकर्षक स्थल बन्नेछ,’ उपप्रमुख श्रेष्ठले भने।

परियोजनाको प्राविधिक पक्ष
नगरपालिकाको पूर्ण लगानीमा सञ्चालित यस पुनर्निर्माण परियोजनाको कूल लागत २९ लाख ९९ हजार ९४५.९४ (करिब ३० लाख) रहेको छ। मन्दिरको प्राचीन मौलिक स्वरूप र वास्तुकलालाई जस्ताको तस्तै कायम राख्ने गरी निर्माण कार्य अगाडि बढाइएको छ। परियोजनालाई व्यवस्थित र पारदर्शी बनाउन रोशन बाडेको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको छ भने साइट इन्चार्जका रूपमा ई. मनिषा श्रेष्ठ छन्। यो आयोजना आगामी २०८३ वैशाख ३० गतेभित्र सम्पन्न गर्ने लक्ष्य छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Helio School
Helio School

सम्बन्धित लेखहरू

प्रधानमन्त्रीले नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नू गम्भीर राष्ट्रघात : नेकपा

काठमाडौं, १८ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभामा प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धमा व्यक्त गरेको धारणा...

काठमाडौं महानगरको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण 

काठमाडौं, १८ जेठ । काठमाडौं महानगरपालिकाले आइतबार (जेठ १७ गते) लिएको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना...

बजेटको आकार घटाउँदै बागमती प्रदेश सरकार

मकवानपुर, १८ जेठ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणका लागि मन्त्रालयहरुलाई बजेटको सिलिङ...

प्रधानमन्त्री बालेन्द्र शाहको भनाइमा परराष्ट्रको प्रस्टीकरण

काठमाडौं, १८ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधिसभा बैठकमा 'नेपालले पनि भारतको जग्गा मिचेको छ' भनेर दिएको...