ललितपुर महानगरप्रमुख महर्जन विकास नायकबाट सम्मानित

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २१ पुस । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन विकास नायक-२०८२ बाट सम्मानित भएका छन् । विकास मिडियाले आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा महानगर प्रमुख महर्जनलाई सम्मान गरिएको हो ।  विकास, नीति निर्माण र सुशासन मार्फत विकासमा योगदान गरेबापत महर्जनलाई विकास नायक, २०८२ बाट सम्मानित गरिएको हो । आइतबार आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले मेयर महर्जनलाई अवार्ड तथा सम्मान पत्र प्रदान गरे ।
पुराना बस्ती र सम्पदाको संरक्षण, आधुनिक पैदलमार्ग, सुन्दर सडक, सार्वजनिक स्थल व्यवस्थापन तथा ‘स्मार्ट सिटी’ को परिकल्पना अघि सार्दै मेयर महर्जनले प्रविधिमैत्री महानगरको जग बसालेका छन् । साथै अशक्त नगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा, सेवाग्राहीलाई एकद्वार सेवा प्रणाली र ललितपुरलाई शैक्षिक हबका रुपमा विकास गर्न चिरीबाबले नेतृत्वदायी भूमिका समेत खेलेका छन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...