हेरिटेज नेपाल न्यूज

फेरि पक्राउ परे अर्जुनबहादुर शाही

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, १७ पुस । ठगी तथा आपराधिक विश्वासघात मुद्दामा अर्जुनबहादुर शाही फेरि पक्राउ परेका छन्। जेनजी आन्दोलनपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्तदेखि उच्चपदस्थ व्यक्तिहरूलाई धम्की दिएपछि चर्चामा आएका शाही फेरि पक्राउ परेका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार २६ वर्षीय शाहीलाई प्रहरीले ठगी तथा आपराधिक विश्वासघात र बैंकिङ कसुर मुद्दामा पक्राउ गरेको हो।
यसअघि उनलाई प्रहरीले असोज २९ गते पक्राउ गरेको थियो। बैंकिङ कसुरको मुद्दामा उनले तिर्नुपर्ने रकम पीडित पक्षलाई बुझाएपछि उनी हिरासत मुक्त भएका थिए।
जेनजी युवाहरूको एक समूहले केही समयअघि अख्तियारको टंगाल कार्यालय गएर प्रमुख अयुक्त प्रेम राई र नागरिक उड्डयन प्राधिकरण गएर त्यहाँका महानिर्देशक प्रदीप अधिकारीको राजीनामा मागेको थियो। तिनैमध्येका शाही वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा मुछिएर पटकपटक पक्राउ परेका थिए। अछामको पञ्चदेव विनायक नगरपालिका–४ घर भई हाल काठमाडौं बस्ने २६ वर्षीय शाहीले आफूलाई ‘जेनजी रिभोलुसन नेपाल’ का उपाध्यक्षका रूपमा चिनाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ

भक्तपुर, २८ पुस । भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आठौँ...

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...

सुनको मूल्य बढ्यो

काठमाडौं, २७ पुस । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ । पछिल्ला दुई दिनमा सुनको मूल्य...

नेपाल आयल निगमको ५६औँ वार्षिकोत्सवमा खेलकूद

काठमाडौं, २७ पुस । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ नेपाल आयल निगमअन्तर्गतको हवाई इन्धन डिपो, सिनामंगलले आयोजना...