हेरिटेज नेपाल न्यूज

खोला किनारको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं,१७ पुस । काठमाडौँ उपत्यकाका सडक र खोला किनारका बासिन्दाहरुले नदी तथा खोलाको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन गरेका छन् । बिहीबार माइतीघर मण्डलामा पीडितहरुले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । गैरन्यायिक खोला मापदण्ड खारेजीको माग गर्दै साँचल सङ्घर्ष समिति, विष्णुमति करिडोर (चमति) तदर्थ समिति, संयुक्त खोला मापदण्ड प्रभावित सङ्घर्ष समिति, बागमती-मनोहरा सरोकार समितिको आयोजनामा विरोध प्रदर्शन गरिएको हो ।
प्रदर्शनीमा ‘फैसला होइन न्याउ देउ, गैर न्यायिक खोला मापदण्ड खारेज गर’, ‘जनतालाई उठिबास गर्ने गैर न्यायिक सडक तथा खोला मापदण्ड खारेज गर’, ‘खोला मिच्न पाइँदैन, मापदण्डको नाममा जनता विस्थापित गर्न पाइँदैन’, ‘खोला नदीको मापदण्ड खारेज गर’ भन्ने नाराका साथ विरोध प्रदर्शन भएको हो ।
सर्वोच्च अदालतले नदी किनारबाट दायाँबायाँ २०/२० मिटर छाेडेर मात्र संरक्षण बनाउन पाइने आदेश दिएको थियो । सो निर्णयको खारेजीको माग राख्दै प्रदर्शन गरिएको हो ।
सर्वोच्च अदालतले जारी आदेश पुनरावलोकन गर्न माग राखी पिडित तथा न्यायप्रेमी जनसमुदाय आन्दोलनमा उत्रिएका हुन् । काठमाडौ उपत्यकाको नदीनालामा विगत सरकारले कायम गरेको मापदण्डमा थप २० मिटर मापदण्ड तोकी सो क्षेत्रमा निर्माण निषेधित क्षेत्र घोषणा हुँदा करिब ५ लाख जनता तथा ८० हजार घरधुरी घरबार बिहीन हुने अवस्थामा पुगेका पीडितले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ

भक्तपुर, २८ पुस । भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आठौँ...

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...

सुनको मूल्य बढ्यो

काठमाडौं, २७ पुस । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ । पछिल्ला दुई दिनमा सुनको मूल्य...

नेपाल आयल निगमको ५६औँ वार्षिकोत्सवमा खेलकूद

काठमाडौं, २७ पुस । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ नेपाल आयल निगमअन्तर्गतको हवाई इन्धन डिपो, सिनामंगलले आयोजना...