भक्तपुर क्यान्सर अस्पतालको स्वास्थ्य शिविर खोटाङमा ५ सय बिरामी लाभान्वित

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, १६ पुस । खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागडी नगरपालिका ९ निर्मलोडाँडामा भएको स्वास्थ्य शिविरमा पाँचसय बढी बिरामीले सेवा लिएका छन् । भक्तपुर क्यान्सर अस्पतालको मुख्य आयोजक रहेको उक्त स्वास्थ्य शिविरमा स्थानीय समाजसेवी ज्ञानकुमार राइले समन्वय गरेका छन् ।
तीन दिनसम्म सञ्चालन हुने उक्त शिविरमा दुई हजार जनाले स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ । सोमबार भएको शिविरमा ५०० जनाको स्वास्थ्य परिक्षण गरिएको थियो ।
भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.उज्ज्वल चालिसेको नेतृत्वमा डा. एलिजा श्रेष्ठ, डा.आशुतोष शाह, लगायत स्वास्थ्यकर्मीको टोलीले उपचार सेवा दिइरहेको छ ।

उक्त शिविरमा महिलाको पाठेघरको मुखको परिक्षण गरिएको छ । पाठेघरको मुखको क्यान्सर सुरुवाती चरणमै पत्ता लगाउनेदेखि अल्ट्रासाउण्ड, स्तन क्यान्सरको स्क्रीनिङ गरिएको थियो । भक्तपुर क्यान्सरबाट खटिएको स्वास्थ्यकर्मीको टोलीले निःशुल्क पाठेघरको परिक्षण, स्तन परिक्षण, जनरल क्यान्सर परिक्षण तथा स्तनको अल्ट्रासाउण्ड समेत गरेको थियो । उक्त स्वास्थ्य शिविर तीन दिनसम्म सञ्चालन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

आइतबार बागमती प्रदेश सभाको बैठक आव्हान

काठमाडौं, ४ चैत । बागमती प्रदेश सभाको बैठक आव्हान गरिएको छ । ६ बैशाख आइतबार बिहान ११ बजे...

भक्तपुर नगरभित्र सञ्चालित विद्यालय पूर्ववत् रूपमै सञ्चालन हुने

भक्तपुर, ४ वैशाख । भक्तपुर नगरपालिकाभित्र सञ्चालित सबै प्रकारका विद्यालयहरू पूर्ववत् रूपमै सञ्चालनमा रहने भएका छन् । नगर...

शनिबार सल्लाघारीमा विषेश कन्शर्ट

भक्तपुर, ४ वैशाख । वैशाख ५ गते (शनिबार) भक्तपुरको सल्लाघारीमा विषेश कन्शर्ट हुने भएको छ । भक्तपुर औद्योगिक...

सुजन बाग श्रेष्ठले चौथो पल्ट जिब्रो छेडाए

भक्तपुर, २ वैशाख । मध्यपुर थिमि नगरपालिका-८ बोडेका २९ वर्षीय सुजन बाग श्रेष्ठले बिस्काः (बिस्केट) जात्रामा जिब्रो छेड्ने...