हेरिटेज नेपाल न्यूज

मध्यपुर थिमिमा जेष्ठ नागरिक सेवा केन्द्र संचालन

Date:

Share post:

Changunarayan Nagarpalika

जेष्ठ नागरिकको नि:शूल्क स्वास्थ्य शिविर

भक्तपुर, १३ पुस । मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक सेवा केन्द्र संचालनमा ल्याएको छ । ५ औं राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा आइतबार मध्यपुर थिमि-४ इन्द्रायणीमा सेवा केन्द्रको उद्घाटन गरेको हो । उक्त सेवा केन्द्रमा जेष्ठ नागरिकले <span;> आफ्ना दौंतरीहरूसँग समय बिताउने, कुराकानी गर्न र अनुभव साटासाट गर्न पाउने नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले बताए । ‘जेष्ठ नागरिकहरू सेवा केन्द्रमा सुरक्षित रहने भएपछि परिवारका अन्य सदस्यहरू ढुक्क भएर आय-आर्जनका काममा लाग्न सक्नेछन्, जसले परिवारको आर्थिक अवस्था मजबुत बनाउँछ,’ उनले भने, ‘सेवा केन्द्रमा नियमित साङ्गीतिक कार्यक्रम, भजन-कीर्तन र स्वास्थ्य जाँचले उहाँहरूलाई मानसिक रूपमा प्रसन्न र शारीरिक रूपमा सक्रिय राख्नेछ र नयाँ पुस्ताले पुराना अनुभव र सीप सिक्ने अवसर पाउनेछन्, जसले समाजमा ‘सुशान्ति’ र सद्भाव कायम गर्न मद्दत पुग्नेछ।’

त्यसैगरी, ५ औं राष्ट्रिय जेष्ठ नागरिक दिवसकै अवसरमा नगरपालिकाले जेष्ठ नागरिकको नि:शूल्क स्वास्थ्य शिविर संचालन गरेको छ । शिविरमा १ सय १० जना जेष्ठ नागरिकलाई नि:शूल्क औषधि वितरण तथा ३४ जनालाई अल्ट्रसाउन्ड सेवा दिइएकाे मध्यपुर थिमी नगरपालिकाले जनाएको छ । केन्द्रमा महिनाको दुई पटक जेष्ठ नागरिकहरुको नि:शूल्क स्वास्थ्य परीक्षण गरिने नगरप्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।
नगरपालिकाभित्रका ५८ वर्ष माथिका जेष्ठ नागरिकको पालिकाले नि:शूल्क रुपमा स्वास्थ्य बिमा समेत गरिदिएको छ । नगरभित्र थप ४ वटा सेवा केन्द्र स्थापना गर्ने तयारी रहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ

भक्तपुर, २८ पुस । भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आठौँ...

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...

सुनको मूल्य बढ्यो

काठमाडौं, २७ पुस । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ । पछिल्ला दुई दिनमा सुनको मूल्य...

नेपाल आयल निगमको ५६औँ वार्षिकोत्सवमा खेलकूद

काठमाडौं, २७ पुस । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ नेपाल आयल निगमअन्तर्गतको हवाई इन्धन डिपो, सिनामंगलले आयोजना...