मध्यपुर थिमिमा जेष्ठ नागरिक सेवा केन्द्र संचालन

Date:

Share post:

Suryabinayak Nagarpalika

जेष्ठ नागरिकको नि:शूल्क स्वास्थ्य शिविर

भक्तपुर, १३ पुस । मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक सेवा केन्द्र संचालनमा ल्याएको छ । ५ औं राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा आइतबार मध्यपुर थिमि-४ इन्द्रायणीमा सेवा केन्द्रको उद्घाटन गरेको हो । उक्त सेवा केन्द्रमा जेष्ठ नागरिकले <span;> आफ्ना दौंतरीहरूसँग समय बिताउने, कुराकानी गर्न र अनुभव साटासाट गर्न पाउने नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले बताए । ‘जेष्ठ नागरिकहरू सेवा केन्द्रमा सुरक्षित रहने भएपछि परिवारका अन्य सदस्यहरू ढुक्क भएर आय-आर्जनका काममा लाग्न सक्नेछन्, जसले परिवारको आर्थिक अवस्था मजबुत बनाउँछ,’ उनले भने, ‘सेवा केन्द्रमा नियमित साङ्गीतिक कार्यक्रम, भजन-कीर्तन र स्वास्थ्य जाँचले उहाँहरूलाई मानसिक रूपमा प्रसन्न र शारीरिक रूपमा सक्रिय राख्नेछ र नयाँ पुस्ताले पुराना अनुभव र सीप सिक्ने अवसर पाउनेछन्, जसले समाजमा ‘सुशान्ति’ र सद्भाव कायम गर्न मद्दत पुग्नेछ।’

त्यसैगरी, ५ औं राष्ट्रिय जेष्ठ नागरिक दिवसकै अवसरमा नगरपालिकाले जेष्ठ नागरिकको नि:शूल्क स्वास्थ्य शिविर संचालन गरेको छ । शिविरमा १ सय १० जना जेष्ठ नागरिकलाई नि:शूल्क औषधि वितरण तथा ३४ जनालाई अल्ट्रसाउन्ड सेवा दिइएकाे मध्यपुर थिमी नगरपालिकाले जनाएको छ । केन्द्रमा महिनाको दुई पटक जेष्ठ नागरिकहरुको नि:शूल्क स्वास्थ्य परीक्षण गरिने नगरप्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।
नगरपालिकाभित्रका ५८ वर्ष माथिका जेष्ठ नागरिकको पालिकाले नि:शूल्क रुपमा स्वास्थ्य बिमा समेत गरिदिएको छ । नगरभित्र थप ४ वटा सेवा केन्द्र स्थापना गर्ने तयारी रहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कागेश्वरीकी इन्जिनियर दिपा कार्की ६४ हजार घुससहित पक्राउ

काठमाडौं, १६ भदौ । कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर दिपा कार्की ६४...

बोडेमा ऐतिहासिक निलबाराही नाच प्रदर्शन

भक्तपुर, १६ भदौ । मध्यपुरथिमि नगरपालिकास्थित बोडेमा ऐतिहासिक नीलबाराही नाच प्रदर्शन गरिएको छ । हरेक वर्ष भाद्र द्वितीयादेखि...

रसुवा बाढी अपडेट : बेत्रावतीमा एक घरमा २४ वटा शव फेला

काठमाडौं, १६ भदौ । नुवाकोटको विदुर नगरपालिका-१० स्थित बेत्रावती रहेको एउटै घरमा २४ वटा शव फेला परेको छ।...

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...