हेरिटेज नेपाल न्यूज

नेपाल ट्रस्ट जग्गा अनियमितता प्रकरण : पूर्वसचिव र पूर्वसहसचिवलाई धरौटीमा छाड्ने आदेश

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, १० पुस । नेपाल ट्रस्ट जग्गा अनियमितता प्रकरणमा पूर्वसचिव र पूर्वसहसचिवलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश रामचन्द्र खड्काको इजलासले पूर्वसचिव अर्जुनकुमार कार्कीबाट ६ लाख र पूर्वसहसचिव लेखबहादुर कार्कीसँग १० लाख रुपैयाँ धरौटी माग गरेको हो ।

नेपाल ट्रस्टको दरबारमार्गस्थित १ रोपनी १४ आना जग्गा भाडामा दिने निर्णयमा बदनियत देखिएको भन्दै जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दर्ता भएको थियो  । ट्रस्टका तत्कालीन सचिव अर्जुनकुमार कार्की, सहसचिव लेखबहादुर कार्की, थामसेर्कु ट्रेकिङ प्रालि र त्यसका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाविरुद्ध सरकारी वकिलको कार्यालयले बुधबार मुद्दा दर्ता गरेको थियो ।

प्रहरीले २१ कात्तिकमा पूर्वसहसचिव लेखबहादुर कार्की र ३० कात्तिकमा पूर्वसचिव अर्जुन कार्कीलाई पक्राउ गरेको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा तयार पारिएको अभियोगपत्रमा ‘ट्रस्टको सम्पत्ति निजी कम्पनीलाई विवादित रूपमा लिज/सम्झौतामा दिएर सरकार र ट्रस्टलाई ठूलो घाटा पुर्‍याएको देखिएको’ दाबी गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ

भक्तपुर, २८ पुस । भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आठौँ...

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...

सुनको मूल्य बढ्यो

काठमाडौं, २७ पुस । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ । पछिल्ला दुई दिनमा सुनको मूल्य...

नेपाल आयल निगमको ५६औँ वार्षिकोत्सवमा खेलकूद

काठमाडौं, २७ पुस । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ नेपाल आयल निगमअन्तर्गतको हवाई इन्धन डिपो, सिनामंगलले आयोजना...