हेरिटेज नेपाल न्यूज

हर्क साम्पाङको पार्टी उपाध्यक्ष पक्राउ

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, १ पुष । श्रम संस्कृति पार्टीका उपाध्यक्ष विश्वक्रान्ति नाम गरेका राजकुमार तामाङ लामा पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले धनकुटा घर भई कपन बस्ने ५० वर्षीय राजकुमार तामाङ लामालाई पक्राउ गरेको एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार लामाका तीन वटा उपनाम छन्। उनी कुमार, विश्वक्रान्ति र देवराज लामाका उपनामबाट चिनिन्छन्। उनी हालै धरान उपमहानगरका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा उपाध्यक्ष भएका हुन्।

लामाविरूद्ध २०६८ फागुन १५ गते काठमाडौंको बबरमहलस्थित नेपाल आयल निगमको गेटमा टाइम बम बिस्फोट गराएको आरोप छ। त्यस घटनामा तीन जनाको मृत्यु भएको, एक जना घाइते समेत भएका थिए।
कर्तव्य ज्यान र ज्यान सम्बन्धी कसूर समेतमा फरार रहेका उनलाई सुरूमा २०६९ असार १२ गते पाँचथरको भुसपातेमा विष्फोटक पदार्थसहित पक्राउ गरेको थियो। सुरूमा कर्तव्य ज्यान र ज्यान सम्बन्धी कसुरको अनुसन्धान र कारबाहीका लागि उनलाई काठमाडौं पठाइएको थियो। केन्द्रीय कारागार नख्खुमा कारागार चलान गर्दा २०७६ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा छुटेका थिए।
तर उनीविरूद्ध जिल्ला प्रहरी कार्यालय पाँचथरमा दर्ता भएको विष्फोटक पदार्थ सम्बन्धी मुद्दामा भने फरार नै देखिएका थिए। त्यसैले उनलाई पक्राउ गरी अनुसन्धानका लागि पाँचथर पठाएको प्रहरीले जनाएको छ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

भक्तपुर नगरपालिकाको उन्नाइसौं नगरसभा सम्पन्न

भक्तपुर, २८ पुस । भक्तपुर नगरपालिकाको उन्नाइसौं नगरसभा सोमबार सम्पन्न भएको छ । नगरसभा सफलतापूर्वक सम्पन्न भएकोमा सभाध्यक्ष...

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ

भक्तपुर, २८ पुस । भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आठौँ...

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...

सुनको मूल्य बढ्यो

काठमाडौं, २७ पुस । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ । पछिल्ला दुई दिनमा सुनको मूल्य...