हेरिटेज नेपाल न्यूज

जेन-जी आन्दोलनमा आगजनी र तोडफोडको अभियोगमा २६७ जना पक्राउ

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, ९ मंसिर । गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको अभियोगमा २६७ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार हालसम्म तोडफोड र आगजनी गरेको अभियोगमा एक सय ५४ वटा मुद्दा परेका छन्। प्रहरीले हाजिर जमानीमा ८७ जनालाई छाडिएको जनाएको छ।
एक सय १३ जनामाथि अनुसन्धान भइरहेको जनाउँदै ३३ जनालाई धरौटीमा छाडिएको छ भने पुर्पक्षका लागि ४३ जनालाई थुनामा पठाइएको छ। आगजनी, तोडफोड, आपराधिक उपद्रवसँगसम्बन्धी एक सय चार वटा जाहेरी दर्ता भएका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। त्यसमा व्यक्तिगत २२, सरकारी कार्यालय आगजनी र तोडफोड गरेको ६६, संस्थागत एवं व्यापारिक प्रतिष्ठानमा सर्वोच्च अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आगजनी र तोडफोड गरेका सम्बन्धमा १६ वटा जाहेरी दर्ता भएका छन्।
प्राप्त जाहेरी दर्खास्त संख्या ४२ रहेका छन्। त्यसमा तीन जना प्रहरी कर्मचारी रहेका छन्। पहिचान नखुलेको सात जनाको डिएनए परीक्षण प्रक्रिया अघि बढेको छ। हराएका भनिएकाको हुलिया प्राप्त भएको छ। आन्दोलनका क्रममा भवन संरचनाको क्षति सम्बन्धमा २२८ वटा मुचुल्का सम्पन्न भएको प्रहरीले जनाएको छ।
आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका एक सय दुई कैदीबन्दीलाई पक्राउ गरी दाखिला गरिएको छ। हालसम्म ८३ नाल हतियार बरामद तथा दाखिला गरिएको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

निर्वाचन प्रहरीमा ६ दिनमा १ लाख ६० हजार बढीको दरखास्त

काठमाडौं, १ माघ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षार्थ भर्ना गरिने निर्वाचन प्रहरीमा ६ दिनमा १ लाख...

विशेष महाधिवेशनबाट गगन थापा सभापति

काठमाडौँ, १ माघ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित भएका छन् । सभापतिमा उनको...

खेलकुद विकासका लागि ‘पेसएक्स स्पोटर्स’

काठमाडौँ, १ माघ । नेपाली खेलकुदको दिगो विकासमा योगदान पुर्‍याउने उद्देश्यले ‘पेसएक्स स्पोटर्स’ संस्था संचालनमा आएको छ ।...

युएईमा अध्ययनमा पठाउने भन्दै ठगीको आरोपमा कन्सल्टेन्सीका पाँच सञ्चालक पक्राउ

काठमाडौं, १ माघ । युएईमा अध्ययन गर्न पठाउने भनी रकम उठाएर ठगेको आरोपमा प्रहरीले पाँच जना कन्सल्टेन्सीका सञ्चालकलाई...