लागुपदार्थ सेवन गरी सार्वजनिक सवारी साधन चलाउने ६ जना चालक पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २५ कार्तिक । लागुपदार्थ सेवन गरी सार्वजनिक सवारी साधन चलाउने ६ जना चालक पक्राउ परेका छन् । मङ्गलबार काठमाडौँको सुकेधारामा ट्राफिक प्रहरीले सञ्चालन गरेको नियमित चेकजाँचका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा पठाओ मोटरसाइकल चालक झापा अर्जुनधारा नगरपालिका-६ का ३९ वर्षीय शेखर नाथ घिमिरे, बारा पचरौता नगरपालिका-६ का ३३ वर्षीय साजिद अन्सारी, नुवाकोट बेलकोटगढी नगरपालिकाका २२ वर्षीय सुमन परियार, काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-३ का ४७ वर्षीय सुरज कुमार बजगाईं, भाडाबस चालक मकवानपुर थाहा नगरपालिका-४ का ३२ वर्षीय कपिल थापा र बोलेरो जिप चालक  सल्यानका २२ वर्षीय भिम बहादुर खड्का छन् ।

ट्राफिक प्रहरीको नियन्त्रणमा आएका उनीहरूलाई थप अनुसन्धानका लागि सम्बन्धित प्रहरी कार्यालयहरुमा पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए | यात्रु बोक्ने  जस्तो संवेदनशील सवारी साधन चलाउने चालकले नै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैमा नियम विपरित तथा दण्डनीय कार्य भएकोले सवारी साधन चलाउँदा चालकको मात्र नभई यात्रुहरूको जीवन समेत जोखिममा पर्ने हुनाले आफु सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नुहुन अनुरोध गरिएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...