हेरिटेज नेपाल न्यूज

लागुपदार्थ सेवन गरी सार्वजनिक सवारी साधन चलाउने ६ जना चालक पक्राउ

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, २५ कार्तिक । लागुपदार्थ सेवन गरी सार्वजनिक सवारी साधन चलाउने ६ जना चालक पक्राउ परेका छन् । मङ्गलबार काठमाडौँको सुकेधारामा ट्राफिक प्रहरीले सञ्चालन गरेको नियमित चेकजाँचका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा पठाओ मोटरसाइकल चालक झापा अर्जुनधारा नगरपालिका-६ का ३९ वर्षीय शेखर नाथ घिमिरे, बारा पचरौता नगरपालिका-६ का ३३ वर्षीय साजिद अन्सारी, नुवाकोट बेलकोटगढी नगरपालिकाका २२ वर्षीय सुमन परियार, काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-३ का ४७ वर्षीय सुरज कुमार बजगाईं, भाडाबस चालक मकवानपुर थाहा नगरपालिका-४ का ३२ वर्षीय कपिल थापा र बोलेरो जिप चालक  सल्यानका २२ वर्षीय भिम बहादुर खड्का छन् ।

ट्राफिक प्रहरीको नियन्त्रणमा आएका उनीहरूलाई थप अनुसन्धानका लागि सम्बन्धित प्रहरी कार्यालयहरुमा पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए | यात्रु बोक्ने  जस्तो संवेदनशील सवारी साधन चलाउने चालकले नै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैमा नियम विपरित तथा दण्डनीय कार्य भएकोले सवारी साधन चलाउँदा चालकको मात्र नभई यात्रुहरूको जीवन समेत जोखिममा पर्ने हुनाले आफु सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नुहुन अनुरोध गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ

भक्तपुर, २८ पुस । भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आठौँ...

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...

सुनको मूल्य बढ्यो

काठमाडौं, २७ पुस । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ । पछिल्ला दुई दिनमा सुनको मूल्य...

नेपाल आयल निगमको ५६औँ वार्षिकोत्सवमा खेलकूद

काठमाडौं, २७ पुस । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ नेपाल आयल निगमअन्तर्गतको हवाई इन्धन डिपो, सिनामंगलले आयोजना...