नेपाल ट्रष्टको जग्गा लिज प्रकरणमा पूर्वसहसचिव लेखबहादुर कार्की पक्राउ

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, २३ कार्तिक । नेपाल ट्रष्टको नाममा दर्ता रहेको जग्गा लिजमा दिँदा अनियमितता भएको प्रकरणमा ट्रष्टका तत्कालीन सहसचिव लेखबहादुर कार्की पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले  ठगी र आपराधिक विश्वासघातको मुद्दामा कार्कीलाई कात्तिक २१ गते पक्राउ गरेको जनाएको छ ।
चितवनको भरतपुर महानगरपालिका–१५ बस्ने सहसचिव कार्की उनी हाल अवकाश प्राप्त कर्मचारी हुन्।
सीआईबीको अनुसार काठमाडौं महानगरपालिका–१ दरबारमार्गस्थित नेपाल ट्रष्टको जग्गा थामसेर्कु ट्रेकिङ प्रालिसँग लिजमा दिने क्रममा नियमानुसार संचालक समितिको निर्णयबिना र बिनाआधार अर्को कित्ता पनि थप गरी लिज सम्झौता गरिएको थियो। मिति २०७४ साल जेठ १४ गते गरिएको उक्त सम्झौतामा ३ वर्ष निर्माण अवधिको बिओटी मोडलका लागि भएको ठाउँलाई ३० वर्षका लागि लिजमा दिने निर्णय गरिएको थियो।
सो क्रममा ट्रष्टका अधिकारी, कर्मचारी र अन्य व्यक्तिहरूले गैरकानूनी लाभ लिएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ।
पक्राउ परेका कार्कीमाथि थप अनुसन्धान भइरहेको र अन्य संलग्न व्यक्ति तथा सहयोगीहरूबारे पनि छानबिन अघि बढाइएको प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए।
महालेखा परीक्षकको कार्यालयको ६२ औं प्रतिवेदनले पनि सम्पत्ति संरक्षण र व्यवस्थापनमा गम्भीर लापरबाही भएको देखाएको। ट्रष्टको स्वामित्वमा रहेको १७२ रोपनी १५ आना जग्गा मोही र निजको हकवाको नाममा नामसारी गरेको खुलेको थियो। नेपाल ट्रष्ट ऐन, २०६४ को प्रावधानविपरीत ट्रष्टको स्वामित्वमा रहेको १७२ रोपनी १५ आना जग्गा मोही र निजको हकवालाको नाममा नामसारी भएको खुलेको छ।
ट्रष्टको अचल सम्पत्ति कुनै व्यक्ति वा संस्थापकको नाममा दर्ता गर्न नसकिने व्यवस्था ऐनमा गरिएको छ।
तर, मन्त्रिपरिषद्को २०६४ भदौ २६ को निर्णयअनुसार मालपोत कार्यालय, कलंकीबाट ट्रष्टको नाममा जग्गाधनी प्रमाणपुर्जा प्राप्त काठमाडौंको मातातीर्थ, थानकोट, सतुङ्गल र इचगुमा रहेको १७२ रोपनी १५ आना जग्गा मोहीको नाममा नामसारी भएको देखाइएको छ। यो जग्गा छानबिन गरी ट्रष्टको स्वामित्वमा फिर्ता ल्याइएको छैन।
यस्तै, काठमाडौंको बालाजु, स्वयम्भू, शेष नारायण, थानकोटलगायत ११ स्थानमा रहेको ४०४ रोपनी ६ आना जग्गा मोहीहरूले खेती गरिरहेको र एक निजी विद्यालय सञ्चालनमा रहेको देखाइएको छ। ट्रष्टले यो जग्गा प्रयोग गर्न सकेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Helio School
Helio School

सम्बन्धित लेखहरू

प्रधानमन्त्रीले नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नू गम्भीर राष्ट्रघात : नेकपा

काठमाडौं, १८ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभामा प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धमा व्यक्त गरेको धारणा...

काठमाडौं महानगरको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण 

काठमाडौं, १८ जेठ । काठमाडौं महानगरपालिकाले आइतबार (जेठ १७ गते) लिएको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना...

बजेटको आकार घटाउँदै बागमती प्रदेश सरकार

मकवानपुर, १८ जेठ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणका लागि मन्त्रालयहरुलाई बजेटको सिलिङ...

प्रधानमन्त्री बालेन्द्र शाहको भनाइमा परराष्ट्रको प्रस्टीकरण

काठमाडौं, १८ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधिसभा बैठकमा 'नेपालले पनि भारतको जग्गा मिचेको छ' भनेर दिएको...