आयल निगम हवाई इन्धन डिपो सिनामंगलको आयोजनामा ‘रन फर हेल्थ’

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २२ कार्तिक । नेपाल आयल निगम लिमिटेड हवाई इन्धन डिपो सिनामंगलले ‘रन फर हेल्थ’ को नारा सहित पुरुष तर्फ १० किलोमीटर र महिलातर्फ ५ किलोमीटर दौड प्रतियोगिताको आयोजना गरेको छ। आयल निगमको सिनामंगलस्थित डिपोको आयोजनामा शनिबार बिहान दशरथ रंगशालामा मनोरञ्जनात्मक कार्यक्रम अन्तर्गत दौडको आयोजना गरिएको हो।

कार्यक्रममा आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिका प्रसाद भट्टले खेल राष्ट्रिय पहिचानको माध्यम भएको बताए। उनले देशको आर्थिक समृद्धिमा खेलले ठूलो अर्थ राख्ने भन्दै खेलले व्यक्तिको इमोसनल र फिजिकल डेभलपमेन्टलाई पनि माथि पुर्याउने बताएका छन्। भट्टले आयल निगमले पेट्रोलियम पदार्थको आयात, विक्री वितरण र भण्डारण मात्र नभएर शिक्षा, स्वास्थ्यसहितका सामाजिक क्षेत्रमासमेत काम गर्दै आएको बताए। यसैगरी, सिनामंगलस्थित डिपोका प्रमुख ईन्जिनियर प्रदीप यादव, बागमती पेट्रोलियम एसोसिएसनका अध्यक्ष अच्युत खड्का, पेट्रोलियम ढुवानी महासंघका अध्यक्ष मनोज दास, पत्रकार पेशल आचार्य, अन्तर्राष्ट्रिय धावक बैकुण्ठ मानन्धर लगायतले खेल र स्वास्थ्य बारे धारणा राखेका थिए।

दौडमा पुरुष १० किलोमीटरतर्फ प्रदीप भण्डारीले ५३ मिनेट १० सेकेन्डमा तोकिएको दुरी पार गर्दै प्रथम भए। यसैगरी दोस्रो हुनेमा दिगम्बर पन्तले ५४ मिनेट ४६ सेकेन्डमा पार गरे भने मनोजकुमार दास तेस्रो भएका थिए। उनले ५६ मिनेटमा तोकिएको दुरी पार गरे। यसैगरी, महिलातर्फ सुमना सापकोटा प्रथम हुँदा उनले ३२ मिनेट ९ सेकेन्डमा ५ किलोमीटर दुरी पार गरिन। यस्तै दोस्रो सर्मिला कटुवालले ३३ मिनेट ३९ सेकेन्ड र राजकुमारी राईले ३५ मिनेट ४९ सेकेन्डमा तेस्रो स्थान प्राप्त गरिन।
प्रतियोगितामा आयल निगमका कर्मचारी र पत्रकार गरी १२० जनाको सहभागिता थियो।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...