विश्व पर्यटन दिवसमा भक्तपुर प्रवेश गर्ने पर्यटकलाई स्वागत

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर,११ असोज । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर भ्रमणमा आएका विदेशी पर्यटकको पहिलो समूहलाई विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर दरबार क्षेत्रको प्रवेशद्धारमा स्वागत गरेका छन्। शनिबार बिहान भक्तपुर दरबार क्षेत्रको खौमा ध्वाकामा खादा, भादगाउँले टोपी, परम्परागत थैली र पुष्पगुच्छाका साथ पर्यटकहरुलाई स्वागत गरिएको हो ।

भक्तपुर नगरपालिका र भक्तपुर पर्यटन विकास समिति, भक्तपुर टुर गाइड व्यवस्थापन समिति र पर्यटक प्रहरीको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा भक्तपुर प्रवेश गरेका भारत ६, अस्ट्रिया १ र अमेरिकाका २ गरी ९ जना पर्यटकहरूलाई भक्तपुर नगरमा स्वागत गरिएको हो ।

पर्यटकहरूलाई स्वागत गर्दै नगर प्रमुख प्रजापतिले सम्पूर्ण पर्यटकहरूलाई भक्तपुरमा स्वागत गर्दै भक्तपुर जीवित सङ्ग्रहालयको रूपमा परिचित नगर भएको बताए। नगरभित्रका सांस्कृतिक सम्पदाहरूको संरक्षणका निम्ति भक्तपुर नगरपालिकाले जनताको साथ र सहयोग लाई विशेष प्राथमिकता दिएको बताए।

२०७२ सालको भूकम्पमा क्षतिग्रस्त धेरै सम्पदाहरूको पुनर्निर्माण भक्तपुर नगरपालिकाले सम्पन्न गरिसकेको बताउँदै उनले भक्तपुर नगरपालिकाले आत्मनिर्भरतालाई जोड दिँदै आएको बताएका छन्। भक्तपुर पर्यटकहरूको उत्कृष्ट गन्तव्य स्थलको रुपमा विकास भइरहेको बताउँदै उनले विदेशी पर्यटक सँगसँगै आन्तरिक पर्यटक प्रवर्धनको लागि पनि भक्तपुर नगरपालिकाले विशेष योजनाहरू अगाडि बढाउँदै आएको बताए।
सोही क्रममा अमेरिकाका पर्यटक तानिया कोस्टाले विश्व पर्यटन दिवसको अवसरमा शुभकामना दिएका छन्। नगर प्रमुख प्रजापतिले पर्यटकहरूलाई नगरपालिकाका प्रकाशनहरू र मयुरको झ्याल उपहारको रुपमा प्रदान गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...

त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, १५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशूली पुगेका छन् । बाढी प्रभावित...